वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको निधन भएको छ भने ७३ घाइते भएका छन्।
विपद्मा परेर सो अवधिमा मात्रै ५२७ घटना घटेका छन्।
यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन्। कुल २७ जिल्ला विपद्का कारण प्रभावित भएका छन्।







