मलाई पुरुषगन्ध मन पर्दैनथ्यो । निकै गन्हाउँथ्यो । म टाढिन्थें । विद्यालय र क्याम्पसमा पढ्दा केटाहरूसँग म त्यसरी हिंड्न चाहिनँ । । स्त्रीगन्ध चाख्न खोज्ने लाछीहरू कुकुरझैं र्याल चुहाउँदै पछि लाग्थे । म परवाह गर्दैनथें । अन्तमा थकित ती कुकुरहरू खुट्टा उचाल्दै तुक्र्याउदै आ–आÏना बाटो लाग्थे । म यसरी आÏनो उर्लदो उमेर जोगाउँदै हिंडेकी थिएँ । परिवारमा विश्वास थियो । भन्ने गर्थे – बुबा–आमाहरू गाइँगुइँ गर्दै “ यो अझै क्षत भएकी छैन । अक्षता नै छे क्यारे †” अहिले व्याचलर मेरो उमेर र पढाइ । अकल्पनीय संसार । अविरल यात्रा ।
भैरहवा जाने काम पर्यो एकदिन । घर सल्लाह गरी अनुमति मागें र निस्किएँ । बाटोमा रेडियो एफ एमहरू बजेको सुनिन्थ्यो । दुइ महिना पहिले मैले सुनेको एफ एम जस्तो प्रिय लागेन यो एफ एमको कार्यक्रम । गाडीमा छु । गीतहरू बजेका छन् तर मीठा लागेनन् गीत । आर जे हरूको बोली कति रुखो । के–के नमिलेको जस्तो । मैले पहिले सुनेको त्यो रेडियोको , त्यो केटाको जस्तो त केही गरे पनि यिनीहरूको बोलीचालीसँग मिल्दै मिल्दैन । म झ्याल बाहिर हेर्दै त्यो आरजेको बोलीको स्टाइललाई मेरो मानसपटलमा स्मृत गराउन खोज्छु । बल्लबल्ल स्मृत हुन्छ । क्या दम छ उसको बोलीमा † क्या स्टाइल छ उसको प्रस्तुतिमा ।
भैरहवा बजारको चोक आइपुग्यो । यात्रुहरूसँगै म पनि ओर्लिएँ । सबै आ–आÏना गन्तव्यतिर लागे । मलाई बाटो पार गर्नु थियो । म गाडी पातलो होला र पार गरुँला भन्ने दाउमा थिएँ । टन्टलापुर घाम हत्केलाले निधारमा छेक्दै वारिपारि हेर्दै थिएँ । बिस्तारै खुट्टाले छामेर अगाडि बढ्दै पछाडि सर्दै धङधङ गरी हल्लँदै एउटा शरीर म उभिएतिर आउँदै थियो । मूल चौकमा यस्तो दृश्य देख्दा त्यो शरीर जान्न मन लाग्यो मलाई । मादक पदार्थ सेवन गरेको हो या अर्धसिल्ली हो । हेर्दाहेर्दै नजिकै आयो । आँखा छोपेर खेलिने घैंटाफोड दौडमा घैंटाको नजिक आएर हानूँ कि नहानूँ गर्दै उभिएको खेलाडी जस्तो । तर उसको हातमा घैंटा फोड्ने लठ्ठी थिएन । यस्तै हुँदो हो बीस बाइस वर्षको । दारी जुँगा अनुहारभरि बाक्लो भुत्ला छाती र शरीरभरि भएको वनमान्छे जस्तो । झ्वाट्ट हेर्दा नखाने चराजस्तो । बाह्र महिना पालेर बाह्र सेर पनि नहुने । काटीकुटी पार्दा पोलिथिनमै अटाउला जस्तो । उसको शरीरको नापजोख यसरी अनुमान लाएँ । उसका साथी र उसलाई चिने जानेकाहरूले पनि यसरी अनुमान लगाउँछन् पक्कै पनि । शिरदेखि पाउसम्म हेरें । छि † आँखा नदेख्ने पो रहेछ । त्यसैले पो यसरी हिंड्दो रहेछ । मेरो मुखबाट छि † भन्ने शब्द निस्कियो तर मन मानेन अलि नजिकिएँ । ए भाइ † तिमी आँखा देख्दैनौ ? ऊ झस्कियो । हजुर † उसले जवाफ दियो म जन्मान्ध हुँ ।
म स्वार्थी बन्छु † यो भन्दा त म धेरै राम्री छु । सग्ली छु । धेरै पढेकी पनि छु । मेरो घर परिवारमा कसैलाई सेतो छडी , बैशाखी व्हिल चियर आदि सामग्रीको आवश्यकता पर्दैन । सबै सक्षम छन् । सबलाङ्ग छन् । यस्तो भएर बाँच्नु त मर्नु नै जाती । कपाल घुँघुरिएको कालो वर्णको असाध्यै ट्याउँ–ट्याउँ गर्छ क्यारे † बोलक्कडको प्रमाणपत्र छापिँदैछ उसको लागि । सडकमा ढुंगा गिट्टी खाल्डाखुल्डीसँग ठोक्किएर उसको निधारमा दागहरू छिप्पिएका देखिन्थे । हातका औंला निकै कसिला । शायद हरेकचीज छाम्नुपर्दा होला तातो, चिसो, साह्रो, नरम, फूल, काँडा यावत वस्तुलाई छाम्दा उसका हात घन ठटाउने लोहारको भन्दा कम्ती साह्रो थिएन । पानी नपाएर टाट पल्टेका खेतका पटपटी फुटेका गरा जस्ता उसका कुर्कुच्चाहरू प्लास्टिक म्याजिक चप्पलको रगडाइमा वल्लो डिल र पल्लो डिल गरी चिरा परेका थिए । साँच्चै नखाने चरा जस्तो देखिन्थ्यो । मैले कठै भन्न रुचाइनँ । आँखा नदेख्ने हुँ भन्छौ , यसरी एक्लै हिंड्न हुन्छ ? मैले झर्किएर सोंधें । तपाई भेटिनु भयो त † सहज रूपमा उत्तर दियो । मानिसहरू अरू पनि हिंडिरहेका छन् । कसैले सोधेनन् । तपाईले सोध्नु भयो , पक्कै मनकारी हुनुहुन्छ । सहयोग पनि गर्नुहुन्छ । मलाई घर जाने गाडी लाग्ने ठाउँमा पुर्याइदिनुस् न प्लिज † म बिलखबन्दमा परें । सेतो छडी लिएको छैन ? मैले सोंधें । सेतो छडी † अहँ … ल्याइनँ त्यसैले आज अलि अप्ठेरो भयो । लठ्ठीको ट्याकट्याक आवाजले हामी आÏनो गन्तव्य पहिल्याउँछौ र गन्तव्य पुगेरै छाड्छौं । आज त्यसो भएन । हिंडिरहेको बाटो सकिएला जस्तो लाग्यो । हुँदो रहेनछ । अप्ठेरो पो भयो ।
तपाई कहाँ जाने मान्छे हुनुहुन्छ ? व्यस्त हुनुहुन्छ होला तैपनि विश्वस्त छु मलाई घर जाने गाडी लाग्ने ठाउँसम्म पुर्याइदिनु हुन्छ भन्ने । म अवाक भएँ । म कहाँ जान हिंडेकी थिएँ । कसरी यो नखाने चराको नङ्ग्रामा परें । साथीकोमा जान हिंडेकी म । चोकमा आएपछि फोन गर्नु भन्दै थिई । यसरी रुमल्लिएँ । यतिञ्जेलसम्म म मौन थिएँ । मौन रहनु स्विकृतिको संकेत उसले बुझेछ । मलाई उसले नजिक आएर मेरो हात समात्न खोज्यो । म झस्किएँ ।
केटा मान्छेले हात समातेको यो मेरो पहिलो घटना थियो । वरपरका मानिसहरूले हेरिरहेका थिए । यो मेरो मानवीय सहयोग थियो भन्ने उनीहरूले अवश्य बुझिसकेका थिए । उनीहरूको आँखाले भनिरहेको थियो , तिमीले ठीक गर्यौ । अनि म निर्धक्क उसलाई हात समात्न दिएँ, उसले दुवै हातले मेरो देब्रे हात र पाखुरा अँठ्याएर समात्यो । मलाई भित्र–भित्र काउकुती लागे झैं भयो । म विचलित भइनँ किनकि उसलाई घर जाने गाडी लाग्ने ठाउँमा पुर्याउनु थियो ।
उसको दारीको ठुटोले मेरो देब्रे पाखुरा कतिखेर चस्स चस्स छुन्थ्यो र नाकमा उसले खाएको भोलाको खारले धुवाँथ्र्यो । म भोलाको गन्ध परवाह नगरी उसको दारी मेरो पाखुरामा घोंचेको स्पर्शतिर ध्यान दिन थालें । छुट्टै प्रकारको तरङ्ग उत्पन्न हुन्थ्यो । विपरीत लिङ्गको आकर्षण होला । म त्यति मनोविज्ञान पढ्दिनथें । करिब बीस मिनेट बाटो काटदै कुराकानी चल्दै गए पुन: उसको अनुहार नियालेर हेरें । दाँत जम्मै खिया लागी सकेका थिए । बोली कतै सुनेको जस्तो लाग्न थाल्यो तर ठम्याउन सकिनँ अनि विश्वास पनि लागेन । यस्तो मान्छे कहाँ देखें हँु र † हैन, होला भनी आफैलाई सान्त्वना दिएँ । पढाइ लेखाइ भन्दा पनि अन्य विषयमा बढी रुची देखाउने ऊ विशेष गरी सिपालु लोकप्रिय आरजे बन्ने सपना बोकेर हिंडेको रहेछ । उसलाई पढाउने शिक्षकले पढाइ नबिगार राम्ररी पढ । तिमीलाई मौका अवश्य मिल्छ । सबभन्दा पहिले पढ्नुपर्छ । पढाइ नै ठूलो हो भनेर सम्झाउँदा रहेछन् । मलाई बरु खाना न खा, पढ्न न जा भने मान्छु तर रेडियोमा न जा नभन्नुस् सर प्लिज भनेर बिन्ती गरेको त सरहरूले मान्नुभयो । आवाजको दुनियाँमा एउटा दृष्टिविहीनले केही गर्नु छ सर भन्दै सरहरूसँग अनुरोध गरेको थिएँ । उहाँहरू सकारात्मक हुनुभयो । म उसको कुरामा चाखमान्दै थिएँ । मलाई कता–कता मिठो लागेको त्यो बोली यही मान्छेको हो कि जस्तो लाग्यो । त्यति मिठो बोल्ने मान्छेको आउटलुक यस्तो ? मैले विगतमा ऊसँग रेडियो कार्यक्रममा कुरा गरेको हो कि भन्ने ठानेर सोध्न के आँटेकी थिएँ उसले भनिहाल्यो तपाई पुष्पा हो ? अहिले बल्ल ठम्याएँ । कुन रन्कोमा हिंडेको थिएँ । यति बेरमा बल्ल चिनें । साँच्चै तपाई पुष्पा हो ? साँच्चै तपाई कस्तो मीठो बोल्नुहुन्छ † उसले भन्या । तिम्रो बोली प्रस्तुति पनि त बबाल थियो नि , त्यो कार्यक्रममा । तर मान्छे पो ….. बोल्दा बोल्दै रोकिएँ म । मान्छे † के ….. ? पूरै भन्नुस् न । किन रोकिनुभयो ? हैन केही हैन । कस्तो भीड मान्छेको भन खोजेको । तपाईले भन्न खोजेको कुरा थाहा पाइहालें पुष्पा जी † म, मान्छे नराम्रो हैन ? उसले भन्यो । म जोडले हाँसे । यो अवस्थामा , त्यो रेडियोमा मीठो बोल्ने मान्छेसँग यसरी भेट होला , यतिका कुरा होलान् भन्ने आज मैले सोंचेकी थिइनँ । सात आश्चर्यमा परें म । मेरो इमेजमा परेको भन्दा ठ्याम्मै उल्टो रीतले यो मान्छे देखा पर्यो । बिचरो ….. । अहिले मलाई निकै दया लागेर आयो । मैले मन पराएको मान्छेलाई प्रकृति, के वरदान दिएकी तिमीले यस्तो ?
उसले भन्यो “ तपाईसँग कुराकानी भएको रेकर्ड छ नि मसँग सुन्नुहुन्छ ? अहिले भने शतप्रतिशत साँचो लाग्यो । मेरो देब्रे पाखुरा र हात शुरुवातमा त बेसरी अँठ्याउँथ्यो भने अहिले त झन् दाहिने गालाको पुरै पातोले मेरो कुममा राम्रै गरी रगड्यो । मसँग लिपिस्सै टाँसियो । ”
मेरो देब्रे हातको नारी समाउँथ्यो ऊ । हात सीधा झार्दा नजानिंदो पाराले आÏनो यौनाङ्गमा पुर्याउँथ्यो । जब बाटोमा खाल्डा खुल्डी पर्थे ऊ मेरो हात दरो गरी समाउँथ्यो र आÏनो यौनाङ्गमा झ्वाट्ट लैजान्थ्यो । पटकपटकको घच्याकघुचुकको बाटोमा ऊ त्यसो गर्दो रहेछ । कहीं उभिनुपरे ऊ आÏनो शरीर मेरो देब्रे साइडतर्फ पूरै अड्याउँथ्यो । उसको छडी निकै बलियो भैसकेको हुन्थ्यो । यो उसले जानेर गरिरहेछ या नजानेर । कतै यौन हिंसा गर्दै त छैन या हो उसको यौनेच्छा ? मन परेको मान्छे भेटियो अलिअलि उत्सुक हुन थालें । वास्तवमा आउटलुक प्रशंसा गर्न लायक नै छैन उसको । म भन्दा शायद जुनियर हुनुपर्छ । कुराचाहिं एकदमै परिपक्व गर्छ । शब्दहरू खेलाएर कुरा गर्छ । बिरालोले मुसो खेलाई खेलाई अन्तमा सिकार बनाएरै छाड्ने कला जानेको कलाकार जस्तो ।
देशको बिग्रिएको अवस्था देखि लिएर अपाङ्ग बाल महिला दलित तर्फ आवाज उठाउने ऊ सफल आरजे को सपना देख्दथ्यो जतिखेर पनि । कुराको सिलसिलामा उसको स्टेशन आइपुग्यो । तपाई कहाँ जान भनेर हिंड्नु भएको थियो मलाई सहयोग गर्दा तपाईको समय बर्बाद पारिदिएँ हगि † हुन त यो एउटा संयोग पनि हो । फोनमा भेटिएका हामी प्रत्यक्ष भेटियौं । मलाई माफ गर्नुस् है पुष्पा जी † यदि तपाईलाई अप्ठेरो हुँदैन भने हिंड्नोस् मेरो घरमा । आज उही बसौं । हाम्रो परिवार दृष्टिविहीन परिवार हो । तपाईलाई खान सुत्न समस्या हुँदैन । दैवले दृष्टि दिएन , अरू त सबै छ नि हिंड्नुस् जाऊँ । हामीबीच मीठा कुरा पनि त भएका थिए । अप्ठेरो मान्नुपर्ने खासै देख्दिनँ । के छ तपार्इंको विचार ?
एकदिन यो मान्छेलाई भेट्ने त मेरो मनसुवा थियो नै तर यस रीतले भेट होला भन्ने कुरामा कुनै संकेत थिएन । बस लाग्ने ठाउँमा पुर्याउँदा त यो मान्छेले नजानिंदो पाराले यौन तिर्खाको संकेत देखायो । उसको घरमा गएर के म चोखो रहन सकुँली । त्यो त्यही मान्छे हो जसलाई बोलीका भरमा मैले निकै राम्रो मानेर फोन गरेकी थिएँ । अहिले म निकै बिथोलिएँ । छोडूं कि जाऊँ ।
यतिबेर म केही नबोल्दा उसले मेरो हात तानेर बसमा उक्लियो । म चुपचाप बस चढें । ऊसँगै बसें । तपाईलाई केही कुरा सोंधूँ उसले भन्यो । मैले भनें– सोध ।
म नखाने चरा जस्तै छु रे हो ?
कसले भन्यो ?
म वनमान्छे जस्तै छु रे हो ?
कसले भन्यो ?
मलाई काटीकुटी पारे पोलिथिनमा अटाउँछु रे हो ?
कसले भन्यो ?
‘ साथीहरू भन्छन् ’ उसले जवाफ दियो ।
होइन, तिमी राम्रा छौ । मैले भनें ।
साँच्ची ?
हो त के भएको छ र तिमीमा । तिमी नराम्रो हुनु । आँखा मात्र त देख्दैनौं । मैले यसरी भने दृष्टि नहुँदैमा मान्छेले हामीलाई मान्छे नै भन्दैनन् । ऊ यतिखेर उदास देखियो ।
त्यसो त मान्छेको सोचाइ हो । मैले भनें । तपाई कस्तो मान्नुहुन्छ त मलाई ? उसले सोध्यो ।
राम्रो लाग्छ । असाध्यै राम्रो लाग्छ ।
आफूलाई नराम्रो भनी प्रस्तुत गर्नु हुँदैन बुझ्यौ ?
ऊ मुसुक्क हाँस्यो । मेरो हात र पाखुरा बच्चाले झैं झम्टँदै बेसरी समात्यो र कुममा दारी अडायो । यो मान्छे निकै डरलाग्दो छ र निकै माया लाग्दो पनि छ गाँठे ।
म भित्रकी पुष्पाले मलाई ढुकढुक हानिरहेकी थिई । भन्दै थिई – “पुष्पा तँ फसिस् । विवाहपूर्व तैंले सुहागरात मनाउँदैछेस् नखाने चरासँग । रेडियोको आर जे मीठो बोल्यो भन्दैमा जुनियरले आज तँलाई निल्दैछ ।”
अहँ …. बाटोमा जे जति भयो होला । घरमा त्यो भन्दा बढी नहोला । आउटलुक नै नभएकोसँग म शरीर सुम्पन्न । घरमा उसलाई पुर्याइदिन्छु । उसको परिवारको बारेमा बुझ्छु र एउटा मीठो संस्मरण बनाउँछु । कुनै दिन यो मेरो कथा हुनेछ । म यसरी आफूलाई बलियो बनाउँथें । मेरो भित्री मन खित्का छोडेर हाँस्थ्यो मसँग ।
म भित्रकी पुष्पा हाँस्थी र गिज्याउँथी मलाई । ए मूर्ख † आज पुरुष गन्ध सुँघ्दैछेस् । तँ अब उम्कन सक्दिनस् । गाडीले ब्रेक मार्यो । ऊ मेरो जिउमा पुरै पोखियो । मेरो गालामा उसको दारीले घोच्यो र भोलाको गन्ध मेरो नाकभित्र ह्वास्स पस्यो । म उसलाई हातले पन्छाएर सिधा बसाल्न थालें । बाटो निकै बिग्रिएको छ पुष्पा जी । देहातको ठाउँ न हो, कसले बाटो बनाउने । हामी मधेसीहरू बस्ने गाउँका बाटा जम्मै यस्तै छन् । केहीबेरपछि बसबाट ओर्लियौं । म उसलाई डोर्याउँदै थिएँ । घर आएको उसले कति छिटै थाहा पायो । म त अलि टाढै होला भन्ने ठानेकी थिएँ ।
आÏना बुबा आमालाई ठूलो स्वरले बोलाउँदै ऊ भित्र पस्यो । सबैलाई परिचय गरायो । सुनेकै भरमा नमस्कार आदानप्रदान भयो । दृष्टिविहीनको परिवारमा पाहुनाझैं ठमठम्ती बस्न मेरो मनले मानेन । भोक, थकाइ, लागेको थियो । उनीहरू त मलाई पाहुना मानी खातिरदारी गर्दै थिए । म कसरी बसिरहूँ । लागें यताउता सघाउन । साँझको खाना खाइवरी जुठो भाँडा सिध्याएर सुत्ने तरखरमा लाग्यौं सबैजना । उनीहरू कति सजिलै पसारिए आ–आÏना ओछ्यानमा । मलाई कताकता डर , अप्ठेरो के के हो जस्तो भयो । ऊ आइपुग्यो । हिंड्नोस् तपाईंलाई सुत्ने कोठा देखाउँछु । मैंले अघि नै सुत्ने कोठाहरू देखि सकेकी थिएँ । तैपनि चुप भई उसको पछि लागेर गएँ । उसले आफू सुत्ने कोठामा राखेका दुइवटा खाट छामेर मलाई देखाइदियो । ढोका ढ्याम्म लगायो । कोठा भित्र ऊ र म मात्र भयौं । मेरो मन चिसो भयो । विद्रोह गरूँ । जोडले चिच्याऊँ या के गरूँ ? अहँ ….। आÏनै बद्नाम हुनेछ झन् । एकअर्का प्रतिको आकर्षणले नै हामीलाई यो प्रहरमा जुराएको छ । म चुप भै बसेकी छु ।
दृष्टिविहीनका कारण र आउटलुक नभएकै कारण मप्रति वितृष्णा जागेको त छैन तपाईलाई ? आज हाम्रो भेटमा । उद्देश्य त हाम्रो एक अर्कालाई कुनै दिन भेट्ने थियो नै । संयोग आज पर्यो । तपाईले सोचेको भन्दा फरक देख्नु भयो मलाई । अनौठो लागेको होला तैपनि भित्री मनले रोजेकै परें नि होइन र † हाँस्दै उसले मेरो हात समात्यो र आफूतिर तान्दै भन्यो आउनुस् † यो अवसरमा हामी नछुट्टियौं है । उसले प्रस्ताव राख्यो । अघिसम्म ऊभन्दा सिनियर ठान्ने म अहिले जुनियर बन्दैछु । तपाईलाई सपना जस्तो भएको छ होला म त निकै खुसी छु । मलाई त विपना नै छ ।
रात बाक्लिंदै गयो । म पातलिंदै गएँ । उसले छडी बलियो बनाएको संकेत मैले बुझिहालें । म कमजोर हुँदै गएँ । रात प्रेमील बन्यो म पसारिएँ ।
उसको ठोक्किएको निधार, फुटेका कुर्कुच्चा रौं भएको शरीर खिया लागेको दाँत, काठका ठुटा जस्ता औंला सुर्ती गन्हाउने सास, सिन्काजस्ता शरीर स्पष्ट रूपमा देखिएको थिएन । कालो आकृति मात्र देखिन्थ्यो । कोठा अँध्यारो थियो । उसले मर्द पन देखाउन थाल्यो ।
बिरालोले मुसो खेलाउँदैछ । नखाने चराले आज फूल मञ्जरी चुच्चाले च्याप्दैछ । म यतिञ्जेल पग्लिसकेकी थिएँ । ऊ रन्किएको थियो । म माथि पोखियो । मेरो कुमारीत्व छताछुल्ल भयो । आजसम्म चोखो रहेको मेरो कुमारीत्व यो मोराले लुट्यो । म आत्तिएँ , रोएँ, उठ्न खोजें । अहँ …. सकिनँ । बलियो रहेछ सिन्कें । खिया परेको दाँतले टोक्थ्यो । नटोकेको र नचाटेको कतै थिएन । गाई भैंसीले आÏना बाच्छाबाच्छी पाडापाडी चाटे जस्तै गरी उसले चाट्थ्यो । शरीर उसैगरी गिजोल्थ्यो । भन्दथ्यो – तपाईलाई कसले बनायो यस्ती राम्री । एकदम बेस्ट हुनुहुन्छ तपाई । कहिले मेरो यौनाङ्ग टोकिदिन्थ्यो र भन्थ्यो आहा कस्तो राम्रो † आँखाले देखे जस्तै गरी भन्थ्यो । लाग्थ्यो , कतै यसले दृष्टिविहीनको अभिनय गरेको त छैन ? अहँ ऊ दृष्टिविहीन नै हो । म ढुक्क हुन्थें ।
तपाई कस्ती राम्री † तपाई एकदम बेस्ट हुनुहुन्छ भन्दै गर्नुले मलाई उसप्रति सोंच्न बाध्य बनायो । यो यस्ता कुरामा बानी परेको मान्छे त होइन ? नत्र के आधारले भन्यो यसले तपाई एकदम बेस्ट भनेर । वास्तवमा यसले धेरै केटीहरूको शरीर चाखे जस्तो छ ।
ऊ मेरो शरीरमा बिहानसम्म टाँसियो । रातभर आँखा झिमिक्क हुन नपाउँदा बिहानको चिसोमा निदाएछु । ऊ भने मच्चिएकै थियो । दैवले दृष्टि नदिए पनि के हुँदो रहेछ र † अरू चीज त डरलाग्दो गरी दिंदारहेछन् ।
मसित सुतेका केटी आईमाई मध्ये सबै भन्दा राम्री रहिछे मोरी । जीवनभर साथ दिए त म साह्रै भाग्यमानी हुन्थें । ऊ मलाई साँच्चै राम्री मान्ली त † पुष्पा आइ लभ यु । तपाई जस्ती मज्जाकी अरू पाउन्नँ । म तपाईििसत बिहे गर्छु । मलाई स्विकार्नुहुन्छ ? मलाई ऊ तपाई भन्दै थियो ।
मैले बिहेको बारेमा चाहिं अहिले भन्न सकिन्न भनिदिएँ । किन र ? मलाई राम्रो मान्नु भएन ? होइन होइन भन्दै म उठ्न खोजें । ऊ मलाई अँगालो भित्रै राखी चुम्यो । ऊ अघाएकै थिएन । बाहिर आँगनमा घाम आइ सकेको थियो । उसका बाबुआमा काममा निस्किएका थिए । घडीले बिहानको ९ बजाएको थियो । अब त उठ्नुपर्छ , जानुपर्छ । खोइ, छोड भन्दै उठ्न खोजें । खाना खाएर गए हुँदैन ?
मैले तिम्रो घरको खाना टन्न खाएँ पुग्यो । ऊ खित्का छोडेर हाँस्यो र उठ्यो । आफूलाई ढाकछोप पार्यौं दुबैले । हातमुख धोइवरी म निस्किएँ । उसले मेरो सेतो छडी खोजेर पुर्याइदिनुस् न भन्यो । पर भित्तामा भएको सेतो छडी मैले पुर्याइदिएँ । फेरि मेरो मुखमा मुख जोत्यो र मेरो सर्वाङ्ग चुम्यो । अति भयो भने त खति हुन्छ के छोड , म पन्छिएँ । उसको परिवारसित म बिदावारी भएर निस्किएँ । ऊ मलाई बस लाग्ने ठाउँसम्म पठाउन आयो । पुष्पा † म तपाईसित बिहे गर्छु । यो कुरा मनन गर्नु होला र सकारात्मक उत्तर दिनुहोला । तिमीसँग उत्ताउलिएर रात बिताउनु र जीवन बिताउनुमा धेरै फरक छ । यो त संयोग न हो । तिम्रो बोली मन पर्नु , तिमीलाई भेट्न खोज्नु अनि एकै दिनमा हामी धेरै अगाडि पुग्नु यो भन्दा अघि बढ्न त गम्भीर भएर सोच्नुपर्छ , बुझ्यौ † अर्को कुरा तिमी दृष्टिविहीनसँग मैले बिहे गर्नु भनेको मेरो परिवारबाट अनुमति हुनुपर्छ , मैले धेरै कुरासँग सम्झौता गर्नुपर्ने हुन्छ र रिस्क मोल्नु पनि पर्छ । के थाहा ? तिम्रो र मेरो भविष्य सुन्दर हुन्छ भन्ने ।
तपाई दृष्टियुक्त भएर पनि भविष्य सुन्दर देख्न सक्नुहुन्न ? हामी त सुन्दर भविष्यको कल्पना गछौंँ त । त्यसमा पनि तपाईंजस्तो शिक्षित र सहयोगी महिलाको साथले हामीजस्तो पुरुषको जीवन सुखमय हुन्छ भन्ने मैले बुझेको छु । यो भेट क्षणिक होइन र उत्ताउलिएको पनि होइन । यो एउटा स्वर्णीम अवसर हो पुष्पा । हामी दुबैको इच्छाले हिजोको रात रमाइलोसँग बितेको हो र यो नै हाम्रो जीवनको शुरुवातीको संकेत हो पुष्पा ।
एक मानाको बन्दोबस्त छ क्यारे † के खाऊँ के लाउँको समस्या छैन । दृष्टि त भएन अरू त देख्नु भयो राम्रै मान्नु भयो होला नि । आÏनै आँखाले सबै देखेर पनि किन नदेखे जस्तो गर्नुहुन्छ । एउटै छोरो हुँ ।
मेरो दुबै हात पाखुरा समातेर उसले मुसारिरह्यो ; बस आइपुग्यो । उसले मलाई बसनेर पुर्यायो । म ढोकामा उक्लिएँ । ल जानुस् है † मेरो कुरालाई नाई नभन्नु होला । गाडी स्टार्ट भयो । निकै परसम्म उसलाई झ्यालबाट हेरिरहें । यसपालि भने उसको हातमा सेतो छडी थियो । हिजो जस्तो धङधङ गरी हिंडेको थिएन । सरासर हिंडेको थियो । आँखा देख्नेहरूझैं ।
मेरो शरीरमा उसको गन्ध टाँसिएको थिएन । म सुरक्षित थिएँ । मेरो कुमारीत्व कता कता दुख्यो । बसमा बस्न असजिलो भयो । भन्दैथे – मेरा बुबा आमा “ यो अझै अक्षता छे । आजदेखि के भन्ने हुन् कुन्नि । यसरी पनि पोखिनुपर्दोरहेछ पुरुषगन्ध पाएपछि । प्राप्ति, डर उच्छृङ्खलको अर्थ मेरो अनुहारमा देखिन्छ कि † झ्यालको सिसामा अनुहार हेर्न खोज्थें । आज साथीकोमा जानु छ । हिजै जानु पर्नेमा मोरो सिन्के आर जे भनाउँदाले मेरो अकल्पनीय संसार अविरल यात्रा कस्तो बनाइदियो । म उसलाई जवाफ अहिले नै दिऊँ कि नदिउँm † आखिर नसुँघ्नु पुरुषगन्ध सुँघेपछि सबैको यस्तै गन्ध हुन्छ होला । किन उसलाई नाई भन्नु र †
अर्जुन शर