गृहपृष्ठ खबर पिपरा अस्पतालमा अभिमुखीकरण सम्पन्न

पिपरा अस्पतालमा अभिमुखीकरण सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकाको पिपरामा रहेको पिपरा अस्पतालमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रम सम्बन्धी सरोकारवालाहरुको लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । किशोरकिशोरीहरुले यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा थाहा भएपनि ब्यवहारमा लागु नगर्दा समस्या हुने गरेको सो अवसरमा बोल्ने बतmाहरुले जोड दिएका थिए । नैपालमै सबैभन्दा बढि बाल बिवाह हुने दोस्रो जिल्लाका रुपमा रहेकोले सबैले आफनो ठाउबाट यसलाई न्युनीकरणमा जोड दिन पिपरा अस्पतालका अध्यक्ष दल बहादुर( इश्वर थापाले )सबैलाई आग्रह गरेका थिए । सो अवस्थामा परिर्वतनशील अवस्थामा बिशेष गरी किशोर किशोरीको शारीरिक परिर्वतको कारण यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जिज्ञासा र समस्या बढि हुने भएकोले देशको कर्णधारको रुपमा रहेका किशोरकिशोरीलाई सही मार्ग निर्देश गर्ने कुरामा परार्मशनै अचुक उपाय भएको र उतm सेवा यस पिपरा अस्पतालबाट प्रदान गरिदै आएको अध्यक्ष थापाले जानकारी दिए । साथै उतm सेवा सबै किशोर किशोरीको पहुचमा पु¥याउनका लागी सहभागी सबैमा र सम्बन्धीत सरोकारवाला समक्ष अनुरोध समेत उनले अनुरोध गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा युएनएफपिएका चित्र महतो, पिपरा अस्पतालका डाक्टर राजेन्द्र जिसि, बिपिन जैसवाल, जिल्ला जन स्वास्थयका कुमार थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा नः १ का वडा अध्यक्ष बिष्णु पौडेल, नगरपालिकाका स्वास्थ्य सह संयोजक कमल ज्ञवाली, पिपरा अस्पतालका दिलु श्रेष्ठ, सरसवति भण्डारी, पत्रकार अशोक पौडेल लगायत ४० बढि सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार