वैखरी,
गायिका इन्दिरा जोशी ‘रेलीमाइ’ बोलको गीतको म्युजक भिडियो लिएर आएकी छन्। शुक्रबार यस गीतको भिडियो सार्वजनिक गरिएको छ।
‘रेलिमाइ नगर ख्यालठट्टा’ बोलको उत्त गीतमा इन्दिरालाई स्वरमा गयक अर्जुन पाण्डेले साथ दिएका छन्। प्रतीक पौडेलको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन प्रविण सिंहले गरेका हुन्।
गीतको भिडियोमा गायिका जोशी तथा गायक पाण्डेले नै अभिनय गरेका छन्। डान्स बीटको यस भिडियोमा गायिका जोशीको नृत्य समेत जमेको छ। भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृश्यलाई आकर्षकशैलीमा चित्रण गरिएको छ।
‘रेलीमाइ’लाई हरि हुमागाइँले खिचेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन्।