गृहपृष्ठ खबर जोगवनीमा जनता दल युनाइटेडका नेतामाथि गोली प्रहार,

जोगवनीमा जनता दल युनाइटेडका नेतामाथि गोली प्रहार,

प्रकाशित मिति:

३१ जेठ, विराटनगर । भारतीय सीमावर्ती बजार जोगबनीमा भारतीय जनता दल युनाइटेडका नेता पप्पु पटेलमाथि गोली प्रहार भएको छ ।

 

बिहीबार दिउँसो रेल्वे स्टेशन अगाडिको टिकुलिया वस्तीमा उनीमाथि ३ राउण्ड गोली प्रहार भएको भारतीय प्रहरीले जनाएको  छ । पटेललाई मोटरसाइकलमा गइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।

गोली लागेका पप्पुलाई तत्काल विराटनगरको विराट अस्पतालमा उपचारको लागि ल्याइएको थियो । गम्भीर घाइते भएका उनलाई त्यहाँ उपचार नसकेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

पटेलको काँध, कोखा, तिघ्रा र ढाडमा गोली लागेको छ । घटनास्थलबाट प्रहरीले पेस्तोलमा प्रयोग भएका गोली फेला पारेको फारबिसगञ्जका डीएसपी मनोज कुमारले जानकारी दिए ।

सम्बन्धित् समाचार