गृहपृष्ठ खबर देवचुलीमा ह्याप्पी एजुकेशन फेयर २०७५ सम्पन्न

देवचुलीमा ह्याप्पी एजुकेशन फेयर २०७५ सम्पन्न

प्रकाशित मिति:

असार-०१,नवलपुर                                                                                                                                                           आदर्श सुसील

एस इइ र प्लस टृु सकेर उत्कृष्ट शिक्षा मार्फत उज्वल भबिश्य खोजिरहेका सयौ बिद्यार्थीका लागि सहज होस भन्नका लागि आयोजित एजुकेशन फेयर २०७५ आज शुक्रबार सम्पन्न भएको छ ।

१०३ं.८ ह्याप्पी एफ एमको आयोजनामा नवलपुर जिल्लामै पहिलो पटक लक्षीत बिद्यार्थीहरुका माझ सन्चारको माध्यमबाट सहजरुपमा शिक्षाको ज्ञान हासिल गर्न सकुन भन्ने उद्देश्यका साथ ह्याप्पी एजुकेशन फेयर २०७५ को आयोजना गरीएको हो ।

अनौपचारीक रुपमा उद्धधाटन गरिएको कार्यक्रममा करिव १० भन्दा वढि बिद्यालय कलेज र कन्सल्टेन्सिहरुले सहभागिता जनाएका थिए । साथमा बिभिन्न बिद्यालय र कलेजका गरी ५०० बिद्यार्थिको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थीत ,विभिन्न बिद्यार्थीहरुले नवलपुर क्षेत्रमै आफुहरुले यो कार्यक्रम पहिलो पटक देखेको र थाहा पाएकाले आफुहरुमा उत्साहा थपिएको बताएका छन् । साथै आफुले खोजेको र रोजेको विषय काहा पढ्दा उचित हुने , कसरी बिद्यालय छान्ने भन्ने दोधार पनी कार्यक्रममा सहभागि भएपछि हटेकोमा खुसि भएका थिए । यस एजुकेशन फेयर मार्फत बिभिन्न शैक्षीक संस्था बिद्यार्थी अभिभाबक बिच सम्वन्ध कायम गर्न ,संगसंगै नगरपालीकालाइ आधुनीक मोडलको शैक्षीक यात्रामा अघि बढाउन र बर्षौ देखि आफ्नो उत्कृष्ट नतीजा दिन सफल नवलपुर र चितवनका बिभिन्न बिद्यालयहरु र बैदिशिक शिक्षाको ज्ञान लिन चाहाने धेरै बिद्यार्थीहरुलाइ उचित गन्तब्यमा पुर्याउने लक्ष्य तथा उद्देश्य साथ गरीएको कार्यक्रम प्रभावकारी बनेको ह्याप्पी एफ एम का प्रबन्ध निर्देशक दिपेस कडरीयाले बताउनुभयो । ७ घन्टा चलेको एजुकेशन फेयरमा देवचुलि नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत मानवाहादुर खड्का देवचुलि नगरपालिकाका नगर शिक्षा अधिकुत मोति रिजाल , लगाएका विशिष्ट व्यतित्वहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम देवचुलि १३ दलदले स्थीत होटल क्रीसमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार