अर्घाखाची जिल्लाको शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले यहाँ बिकासले बिस्तारै महशुस हुने गरी गति लिएको बताएका छन । पुर्वाधारको बिकास तथा बिस्तारका साथै लक्षित बर्ग प्रत्यक्ष प्रभावित हुने गरि नगरपालिकाले काम गर्न सकेको यहाँका नागरिकले महशुस गरेको उनको भनाई छ । शितगंगा नगरपालिका वडा नः १४ को पावरा माविमा आयोजित जेष्ठ नागरिक, अपाङ्गलाई सम्मान साथै उत्कृष्ट कृषकलाई अनुदान बितरण कार्यक्रममा बोल्दै प्रमुख अधिकारीले यस्तो बताएका हुन । देशकै सबैभन्दा ठुलो क्षेत्रफलमा रहेको यस नगरपालिकालाई सबैको सहयोग र साथले बिकासको गतिमा पनि सबैभन्दा अगाडी लैजाने कुरामा उनले जोड दिएका थिए । कार्यक्रममा वडा भित्रका ८० बर्ष उमेर माथिका ४० जना जेष्ठनागरिकलाई बलान्केट र रेडीयो सहित खादा ओडाएर सम्मान गरिएको थियो भने ५० बढि बाख्रा र ५ सय बढि कुखुरा पालन गरेका उत्कृष्ट ८ कृषकलाई नगद सहित सम्मान गरिएको थियो । ओडने कपडा र रेडीयो पाएपछि जेष्ठनागरिक निकै खुशी भएका थिए ।
कार्यक्रममा शितगंगा नगरपालिकाका उपमेयर टिका रेश्मी, नेकपाका लोखनाथ खनाल वडा सदस्य चुमा गाहा लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा २ सय बढिको सहभागिता रहेको थियो ।
बिकासको गतिमा शितगंगा ः अधिकारी

