गृहपृष्ठ खेलकुद विश्वकपमा आज पेरु र डेनमार्क भिड्दै,

विश्वकपमा आज पेरु र डेनमार्क भिड्दै,

प्रकाशित मिति:

विश्वकपमा पेरु र डेनमार्क

एजेन्सी । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘सि’ को खेलमा आज पेरु र डेनमार्क भिड्दैछन् । मार्डोभिया एरिनामा नेपाली समयअनुसार राती ९ बजेर ४५ मिनेटमा खेल शुरु हुदैछ ।

पहिलो पटक विश्वकपमा भेट्न लागेका पेरु र डेनमार्क दुवै जितको खोजिमा हुनेछन् । लामो समयपछि विश्वकपमा फर्किएको पेरु आफ्नो पुनरागमन शुखद बनाउने दाउमा हुनेछ भने डेनमार्कले समूह चरणको पहिलो खेलमा जित हात पार्ने लक्ष्यमा छ ।

विश्वकपमा पेरु र डेनमार्कको इतिहास
पेरु

पेरुले सन् १९३० को पहिलो विश्वकप फुटबलमा सहभागिता जनाएको थियो । विश्वकप फुटबल खेल्ने देशमध्येको पुराना टिम पेरुले अहिलेसम्म ४ पटक विश्वकप खेलिसकेको छ भने यो उसको पाचौँ विश्वकप हो ।

विश्वकपको इतिहासमा पेरुले अहिलेसम्म २ पटक क्वाटरफाइनलसम्मको यात्रा पार गरेको छ । सन् १९७० र १९७८ मा भएको विश्वकपमा पेरुले क्वाटरफाइनलसम्म स्थान बनाएको थियो । पेरुले त्यसपछि सन् १९८२ को विश्वकप खेल्ने अवसर पाएको थियो तर समूह चरणभन्दा माथि नउक्लिएको पेरुको फुटबल क्रमशः खस्किएको थियो ।

१९८२ को विश्वकप खेलेको पेरु ३६ वर्षपछि फेरी विश्वकपको महासंग्राममा उत्रिएको छ । यो पटक भने पेरुको प्रदर्शन कस्तो होला ? त्यसो त अहिले पेरु फिफा बरियतामा ११औं स्थानमा छ ।

प्लेयर्स टु वाच
पाओलो गुइरेरो

पाओलो गुइरेरोले सन् २००४ बाट राष्ट्रिय टिममा डेब्यु गरेपनि सन् २००६ को विश्वकप छनौटमा चिली विरुद्धको खेलमा मात्रै डेब्यु गरेका थिए । उनले यो खेलमा एक गोल गर्न सफल भए । विश्वकप छनोटकै दोस्रो खेलमा इक्वेडर विरुद्ध पहिलो मिनेटमै गोल गरेका थिए । सन् २०१५ चिलीमा भएको कोपा अमेरिकामा पेरुले बोलिभिया विरुद्ध जित्दा उनले ह्याट्रिक गोल गरेका थिए । ३४ वर्षीया पाओलो ग्युरीरोले रसिया विश्वकप छनौटका लागि भएका १७ खेलमा ५ गोल गरेका थिए ।

पाओलोले अहिलेसम्म खेलेका  ८९ खेलमा ३४ गोल गरेका थिए । १४ नम्बर जर्सीमा मैदान उत्रिने पाओलाले रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

एडिसन फ्लोरेज
इडिसन फ्लोरेज पेरुको टिमका भरपदो मिडफिल्डरका रुपमा हेरिएका खेलाडी हुन् भने उनले खेलेका २९ खेलमा ९ गोल गरेका छन् । हरेक खेलमा बलिया टोलीलाई आच्छुआच्छु बनाउँदै रुस विश्वकपको यात्रामा निस्किएको पेरुका लागि २४ वर्षीय फ्लोरेज पक्कै पनि बलिया हतियार हुन् । उमेर समूहदेखि नै पेरुका लागि सबै खेल खेलेका फ्लोरेज सन् २०१३ देखि सिनियर टोलीमा छन् । उनले टोलीका लागि खेलेको २६ खेलमा नौ गोल गरिसकेका छन् ।

विश्वकपका लागि पेरु टिम
गोलरक्षकः पेड्रो ग्यालेस, कार्लोस क्यासेडा, जोश कार्भालो

डिफेन्डरः एल्डो कोर्जो, लुइस एड्भिन्कुला, क्रिस्ट्रियन रामोस, मिग्युल एरायुजो, एल्बेर्टो रोड्रिगुएज, एन्डरसन सेन्टममारिया, मिग्युल ट्रउको, निल्सन लोयोला

मिडफिल्डरः रेनाटो तपिया, पेड्रो अक्विनो, योशिमार योतुन, पाओलो हुर्ताडो,  क्रिष्टियन क्युभा, एन्डी पोलो, विल्डर कार्टगेना

फरवार्डः आन्ड्रे क्यारिलो, रौल रुइडियाज, जेफरसन फरफान, पाओलो गुइरेरोे, इडिसन फ्लोरेज,

डेनमार्क
डेनमार्कले सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा डेब्यु गरेको थियो । डेनमार्कले अहिलेसम्म ४ पटक विश्वकप खेल्दा ३ पटक समूह चरण पार गरेको छ ।

डेनमार्कको यो पाचौँ विश्वकप हो । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा डेनमार्कले डेब्यु गरेको थियो । जुन विश्वकपमा मेक्सिको अन्तिम १६ सम्म पुग्न सफल भएको थियो । यसपछि डेनमार्कले सन् १९९८ मा फ्रान्समा भएको विश्वकप दोस्रो पटक खेलेको थियो । जुन विश्वकपमा डेनमार्क क्वाटरफाइनलसम्म पुगेको थियो ।

सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा अन्तिम १६ सम्म पुगेको डेनमार्क २०१० को विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो ।

प्लेयर्स टु वाच
क्रिष्टियन इरिकसेन

सन् २०१० मा अष्ट्रियासँगको मैत्रीपूर्ण खेलबाट क्रिष्टियन इरिकसेनले सिनियर टिमबाट डेब्यु गरेका थिए । डेनमार्कलाई रसिया विश्वकपसम्म पुर्याउनका लागि छनौट खेलमा महत्वपूर्ण भूमिका निभाएका थिए ।
२६ वर्षीया इरिकसेन डेनमार्क राष्ट्रिय टिमका पहिलो रोजाइका खेलाडी हुन् । मिडफिल्डरका रुपमा मैदान उत्रिने इरिकसेन विपक्षीको बल खोस्दै आफ्नो सहकर्मीसम्म पुर्याउन माहिर छन् ।

युसुफ पाओलसन
युसुफ पाओलसन सन् २०१४ मा अल्बानियासँगको खेलमा डेब्यु गरेका थिए । फरवार्डबाट खेल्ने युसुफले २०१५ मा सर्बियासँग भएको खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।
युसुफले अहिलेसम्म खेलेका २८ खेलमा ४ गोल गरेका छन् भने उनले रसिया विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा टिमको छ ।

विश्वकपको लागि डेनमार्क टिम
गोलरक्षकः केस्पर चेमाइकल, फेडेरिक रोननाउ, जोनास लोस्सल

डिफेन्डरः सिमोन कजइर, माथिएस गोरजेन्सन, आन्ड्रेस क्रिष्टेनसेन, हेनरिक डाल्सगार्ड, जनिक बेस्टरगार्ड, जेन्स स्टा«इगर लार्सेन, जोन्स नुड्सेन

मिडफिल्डरः क्रिस्टिन इरिकसेन, लसे छोने, माइकल क्रोहन डेहली, थोमस डेलानी, विलियम भिष्ट, लुकाज लेरगेर

फरवार्डः आन्ड्रेस कोर्नलियुस, क्यासपर डोलबर्ग, मार्टिन बे्रथवेट, निकोलाइ जोरगेनसेन, पिओने सिस्टो, भिक्टोर फिस्सर, युसुफ पाउलसेन

सम्बन्धित् समाचार