गृहपृष्ठ खबर न्यूनतम तलबमान फेरियो साउन देखी श्रमिकको तलब १३ हजार ४५०

न्यूनतम तलबमान फेरियो साउन देखी श्रमिकको तलब १३ हजार ४५०

प्रकाशित मिति:

२५ असार, काठमाडौं । कामदारको न्यूनतम् तलव १३ हजार ४५० रुपैयाँ बनाउन सिफारिस गरिएको छ । यसअघि ९ हजार ७ सय रुपैयाा रहेको न्यनतम् पारिश्रमिकमा ३७ सय ५० रुपैयाँ बढाउने गरी सिफारिस गरिएको हो । नयाँ समाजिक सुरक्षा ऐनअनुसार श्रमिकलाई रोजगारदाताले दिनुपर्ने सुविधा जोड्दा अब मजदुरले मासिक १६ सय ९० रुपैयाँ बढीको सुविधा पनि प्राप्त गर्नेछन् । यसअनुसार १५ हजार १४० बरारको लाभ मजदुरलाई हुनेछ ।

यसबारे सोमबार श्रम तथा रोजगार मन्त्रालयमा एक पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । तर,  यो ‘सहमति’मा कांग्रेससम्बद्ध नेपाल ट्रेड युनियन कांग्रेसले त्यसमा असहमति जनाएको छ ।  उसले न्यनतम् तलब १७ हजार रुपैयाँ हुनुपर्ने, नभए सबै मजदुरको तलव हाल कायम रहेकोभन्दा ३७ सय ५० रुपैयाँ बढ्नुपर्ने माग गरेको छ ।

मन्त्रालयले श्रमिकले पाउने तलब तथा अन्य सुविधा बैंक खातामार्फत भूक्तानी हुने व्यवस्था मिलाउने जानकारी दिएको छ ।

सम्बन्धित् समाचार