गृहपृष्ठ खबर वाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई ।।

वाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाई ।।

प्रकाशित मिति:

वाणगंगा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलबस्तु शााखाको प्राविधिक सहयोगमा वाणगंगा नगरपालिकाको गतिविधिमा आधारित सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । वडा नं. २ को वडा कार्यालयमा उक्त कार्यक्रम गरिएको हो । आर्थिक बर्ष २०७४÷७५ मा सञ्चालित योजना कार्यक्रम, सेवाग्राहिको सन्तुष्टि, गुनासो, सुझाव सङकलन, सेवा पारदर्शि तथा जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघ कपिलबस्तु शाखाले जनाएको छ । कार्यक्रममा जवाफदेहि निकायबाट नगर प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष लगायत विभिन्न शाखाका कर्मचारिहरुको सहभागिता थियो ।

सहभागिहरुले समग्र नगरको शिक्षा अन्तर्गत धेरै विद्यालयहरुमा शिक्षकहरुको अभाव, भौतिक निर्माण पर्याप्त नभएको गुनासो गरेका छन् । स्वास्थ्य अन्तर्गत नगरको अस्पतालमा विरामिहरुको शिघ्र उपचार हुन नसक्नु, खोपको उचित ब्यबस्थापन नहुँनु तथा औषधि पर्याप्त उपलब्ध नहुँनु जस्ता गुनासो गरे । यातायात अन्तर्गत गाडिहरुको तिव्र गतिले गर्दा वालवालिकाहरु तथा वृद्ध वृद्धाहरुलाई अत्यन्तै समस्या परेकाले नगरपालिकाले ब्यबस्थापन गर्नुपर्ने बताएका छन् । विद्युत आपुर्ति अनियमितताले परेको समस्यालाई पनि समाधान गर्नुपर्ने बताएका छन् । कृषि तथा पशुपालन तर्फ विउ पल पर्याप्त मात्रामा वितरण नभएको, गुणस्तरिय विउपलको ब्यबस्थापन हुन नसक्नु त्यस्तै पशुहरुको स्वास्थ्यका लागि केहि रकम नछुट्याएको गुनासो गरे । नगरभित्र कम्तीमा एउटा शर्पदंश उपचार केन्द्र स्थापना गर्नुपर्ने माग गरेका छन् । त्यस्तै पर्यावरणीय प्रदुषण, कर तिर्ने ब्यवस्था सम्बन्धित वडामा हुनुपर्ने, छाडा पशुहरुको नियन्त्रण, अव्यबस्थित सुकुम्वासिहरुको ब्यबस्थापन गर्नुपर्ने, लक्षित वर्गको बजेट सम्बन्धित वर्गहरुलाई निष्पक्ष रुपमा वितरण गर्नुपर्ने माग गरेका छन् ।

सहभागिहरुका समस्या, जिज्ञासा तथा प्रश्नहरुको जवाफ दिँदै जवाफदेहि निकायका ब्यक्तिहरु नगर प्रमुख मंगल प्रसाद थारु, उपप्रमुख चक्रपाणि अर्याल, प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम मरासिनि, वडाका वडाअध्यक्षहरु, विभिन्न विषयगत शाखाका प्रमुखहरु, ईलाका प्रहरी कार्यालयका प्रमुख तथा विभिन्न सरोकारवालाहरुले समस्या समाधान गर्ने तर्फ प्रतिबद्धता ब्यक्त गरेका छन् ।
नगर प्रमुख तथा उपप्रमुखले सहभागिहरुका जिज्ञासाहरुको उत्तर दिँदै नगरपालिकामा सरसफाईका लागि “म सफा गर्छु मेरो नगर” कार्यक्रम र सुकुम्वासि बस्ती ब्यबस्थापनका लागि नगरमा “जनता आवास ” कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको बताए । सामाजिक सुरक्षा भत्ताको सम्बन्धमा निर्वाचन अघि उम्मेद्वारहरुले भत्तामा वृद्धि हुन्छ भन्ने आश्वासन दिने तर वृद्धि नगर्ने जिज्ञासाको जवाफ दिँदै केन्द्रिय बजेटमा उक्त बिषयलाई योजनामा नल्याईएकाले भत्ता वृद्धि गर्न नसकिएको बताईएको छ । त्यस्तै नगरपालिकामा दर्ता भएका ३१ वटा मुद्धा मध्ये १९ वटा मुद्धाको फैसला भईसकेको र कतिपय मुद्धा स्थानिय स्तरमा नै फैसला गर्न सकिने खालका भएको उपप्रमुख अर्यालले बताए । त्यस्तै नगर भित्र कुनै स्थानमा कुनै कारणले कसैलाई अन्याय गरेको भए नगरपालिकामा आई जानकारि गराएमा शिघ्र कारवाहि गरिने बताए ।

मनिष कार्किको प्रतिवेदन प्रस्तुति, नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता, पत्रकार महासंघ कपिलबस्तु शाखाका सचिव हरि अधिकारिको स्वागत तथा उपाध्यक्ष पार्वती पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार