आमा त आमा नै हो नि है तर यो आमा को अगाडी सौतेनी थप्नु को मतलब के होला र किन होला ? जान्न चाहानु हुन्छ भने पुरै कथा पढ्नु होला ।
मलाई मेरो आमा याद छैन । म जन्मिएको केही महिना पछि नै मलाई मेरो आमा ले यो धर्ती मा एक्लै र टुहुरो बनाएर जानू भएको थियो यो संसार लाई छोडेर । त्यस्को केही महिना पछि बुवा ले आर्की आमा लेउनु भयो अर्थात मेरो सौतेनी आमा । समय सङ्गै म पनि ठूलो हुँदै गएँ मेरो सौतेनी आमा को कोख बाट भाइ र बैनी हरु जन्मिए । सानो मा त मलाई त्यति थाहा भएन जब जब समय सङ्गै म ठूलो हुँदै गएँ मलाई थाहा हुन लाग्यो म टुहुरो केटा मलाई जन्म दिने आमा त म जन्मिएको केही महिना मा नै मलाई छोडेर स्वर्ग जानू भएको भनेर ।
सानो हुँदा त्यति याद छैन ठूलो भए पछी मैले महसुस गर्न लागें म प्रती हुने अन्याय र अत्याचार अनि आफ्नो आमा नहुनु को पीडा । गरिबी को कारण मेरो बुवा भारतमा हुनुहुन्थ्यो । घर मा मेरो एउटा भाइ र एउटा बैनी उनी हरु पनि ठुला भैसकेका थिएँ । म सरकारी स्कुल मा पढ्थेँ भने भाइ र बैनी प्राईभेट स्कुल मा । स्कुल बाट फर्किए पछि मैले बिहान का सबै भाँडा हरु माझ्नु पर्थ्यो भने भाइ बैनी हरु खाजा खाएर आफ्नो होमवर्क गर्थे अनि खेल्न जान्थे । खेल्ने रहर मलाई पनि हुन्थ्यो कहिले काहीँ भागेर गाउँमा केटाकेटी हरु सङ्ग खेल्न जान्थें तर साँझ घर आए पछि मेरो सौतेनी आमा को पिटाई खाएर खुट्टा भरि मेरो शरीर भरी राता राता सुम्ला हुन्थे अर्थत डाम हुन्थे म रुन्थेँ आमा आमा भन्दै तर मेरि आमा हुनुहुन्नथियो र मेरो चीत्कार सुन्ने कोहि थियन त्यो पल त्यो बेला । त्यस पछि बिहान को भात साँझ खान्थेँ र भाँडा माझ्ने कुचो लगाउने सबै काम म बाट हुन्थ्यो भने ती भाइ बैनी लाई मेरि सौतेनी आमा ले खेलेर आएको खुट्टा दुखेको होला भन्दै तेल लगाएर मालिस गरि दिनुहुन्थ्यो । म चुपचाप कोठा मा गएर भुँईमा सुत्थेँ मेरो लागि सुत्ने खाट थिएन डसेना मात्र थियो भुँईमा बिच्छाएर सुत्ने गर्थे म रात भरी आमा लाई सम्झिँदै रुँदै र मनमनै सोँच्दै ।
जिन्दगी जसो तसो बिताउँदै थिएँ रोएर भए पनि । पिटाई र कुटाई त कति खाएँ खाएँ अब त सानो तिनो चोट ले मलाई दुख्न छोडेको थियो किनकि मेरो शरीरको छाला हरु नै मरेको थियो । आमा को कुरा सुनेर बाबा ले पनि पिट्नु हुन्थ्यो मलाई मेरो यो दुनिया मा कोहि थिएन म एक्लो थिएँ बिल्कुल एक्लो थिएँ सायद भगवान पनि त्यो बेला मा मेरो साथ मा थिएनन् । मेरो आँसु देख्ने मेरो चीत्कार सुन्ने मेरो पीडा बुझ्ने कोहि थिएन मेरो साथ मा । लाग्थ्यो सायद यहि नै जिन्दगी हो जिन्दगी यस्तै हुन्छ होला भनेर आफ्नो मन बुझाउने गर्थे । हरेक साँझ मेरो आमा को तस्बिर हेरेर रुन्थेँ आमा आमा भन्दै बोलाउँथें पनि तर आमा बोल्नु हुँदैन थियो बोल्नु पनि कसरी त्यो त यौटा तस्बिर थियो रुँदा रुँदै कति बेला निदाउँथे मलाई थाहा भएन ।
यस्तै यस्तै तरिका ले मेरो जिन्दगी बित्दै थियो म कक्षा १० मा पढ्थेँ कक्षा १० पनि पास गरेँ पढ्ने मन थियो तर मलाई त्यहाँ भन्दा माथी पढ्न दिईएन । आमा को व्यबहार यस्तो थियो कि म मान्छे नै होइन म पशु भन्दा पनि तल्लो मान्छे हुँ । घर मा गाई भैंसी थिए बिहान बेलुकी घाँस काट्ने गाई भैंसी को हेरचाह गर्ने यस्तै यस्तै किसिम ले मेरा दिन हरु बित्दै थियोे । घर मा दूध दहि घिउ सबै मा ताला लगाएर राखिन्थ्यो दिए खाने नदिए मन बुझाएर बस्ने । गर्दा गर्दै भाइ र बैनी ले पनि मेरो इज्जत गर्न छोडेका थिए कशम यति सम्म गर्थे कि आजकल त घर मा काम गर्ने नोकर लाई पनि त्यस्तो गरिँदैन । मलाई अझै राम्रो सङ्ग याद छ मेरो आफ्नै बाबा ले मलाई घाँटीमा रसिले बाँधेर झुन्डाउनु भएको थियो । छेमेकी दाईले देखेर मात्र म आज जिउँदो छु । अन्याय र अत्याचार त कति भएको छ कति । आफुले कमाउने नहुन्जेल कहिले पनि नयाँ कपडा लागाउन पाएन मैले । मलाई मीठो खान र राम्रो लागाउन भन्दा पनि मायाको जरुरत थियो । गाउँमा अरु का आमाहरुले आफ्ना छोरा छोरी लाई बाबू छोरा यहाँ आउ यसो गर यो खाउ भनेर माया गरेको सुन्दा र देख्दा म आफ्नो आमा सम्झेर धेरै रुन्थें । सौतेनी आमा को त कुरै छोडौँं मेरो आफ्नै बाबा ले पनि त मलाई कहिले आफ्नो खुन सोँच्नु भएन । कहिले आफ्नो छोरा सोंच्नु भएन ।
दिनहरु बित्दै थिए म पनि ठूलो भएको थिएँ गाउँ देखि सबै बिदेश गएर धेरै पैसा कमाएर घर बनाएका थिए साथीहरू ले मलाई पनि बिदेश जाने रहर लाग्यो र एक दिन बुवा सङ्ग कुरा गरें तर बुवा ले आफू सङ्ग पैसा नभएको र आफै खोजेर जान सक्छौं भने जाउ भन्ने कुरा गर्नु भयो । यसो उसो एता उता गरेर पास्पोर्ट बनाएँ र ९ नौँ महिना को प्रतीक्षा पछि म दुबै आएँ ।
बिदेश को दुख कष्ट र पीडा कस्तो हुन्छ तपाईंहरू लाई थाहा नै छ म केही भन्न चाहिन । सुरुमा त सप्लाई कम्पनी मा आएको थिएँ म आफू आएको रिन तिर्न नै मलाई एक बर्ष लाग्यो । सबै बुझ्दै गएँ बिस्तारै मैले त्यो कम्पनी चेन्ज गरेर आर्को राम्रो कम्पनी मा काम गर्न लागें । घर मा पैसा पठाउन पनि लागे बाबा आमा बैनी र भाइ सबै खुशी भए उनी हरुको माया पाएँ र केही बर्ष काम गरेर कमाएको पैसा ले एउटा राम्रो घर पनि बनाउन सफल भएँ म ।
बाबा सौतेनी आमा र भाइ बैनी सबै ले माया दिएका थिए तर त्यो माया भित्र को भित्री रहस्य मलाई थाहा थिएन ।
आज म लेख्न चाहन्छु मेरा पीडा र म माथी गरेको अन्याय र अत्याचार अनि मेरो जिन्दगी को एउटा कहाँली लाग्दो कथा ।
मैले बिदेश मा 10 बर्ष सम्म धेरै दुख कष्ट र पीडाहरु भोग्नु पर्यो । दिन रात नभनी मैले कमाएको पैसा ले घर बन्यो घडेरी पनि किने , थोरै खेत किने र बैनी को बिहे पनि धुमधाम सङ्ग भयो ।
म दशैँ को मौका पारेर छुट्टिमा घर गएँ । म खुशी थिएँ धेरै बर्ष पछि दसैं मनाउन पाएको मा र दसैं पनि नजिकै आउँदै थियो जमरा मैले आफ्नै हाथ ले राखेको थिएँ ।
दसैं आउन आज ४ चार दिन बाँकी थियो । त्यहि घर जुन घर मैले आफ्नो पसिना र रगत बगएर खाडीमा दुख गरि बनाएको थिएँ आज त्यही घर देखि छुट्टाउन भनेर बाबा ले केही मान्छे हरु लिएर घर आउनु भयो यो कुरा सुनेर मेरो मन कति रोय होला तपाईँहरु आफै महसुस गर्नुस । त्यो पनि दसैँ आउन चार दिन बाँकी थियो र मलाई मेरा गल्ती हरु देखाएर छुट्टाईयो र त्यही घर को एउटा कोठामा ४ चार महिना भित्र खाली गर्नु पर्ने भनेर राखियो । मैले आफ्नो भाग खोज्दा घर भएको घडेरी सौतेनी आमाको नाम मा रहेछ । मैले कमाएर किनेको घडेरी भाइ को नाममा र पुरानो खेत बैनी को नाम मा रहेछ । मेरो लागि घर बनाउन नमिल्ने एउटा सानो भित्री पट्टिको खेत । यो निर्णय सुन्दा मलाई साँच्चिकै यो दुनिया मा भगवान पनि छैनन जस्तो लाग्यो । त्यो दिन म आफ्नी आमा लाई सम्झेर कति रोय कति । आमा को तस्बिर छातिमा लगाएर आमा आमा भन्दै । आज पनि मलाई राम्रो सङ्ग याद छ छुट्टिदा को त्यो पहिलो रात मलाई मेरो छिमेकी दाजु ले बोलएर खाना खुवाउनु भएको थियो । जिन्दगी जहाँ बाट सुरु गरेको थिएँ आज त्यहिँ आएर उभियेको थियो ।
तर पनि मैले हिम्मत हरिन र केही गर्न सक्छु भन्ने आत्म बिस्वास आफू भित्र अझै मरेको थिएन । मैले त्यो घर एक महिना मा नै खाली गरेर फेरि बिदेश तर्फ लागें । 4-5 घन्टा मात्र सुतेर आफ्नो दुख सम्झेर दिन रात मेहनत गरेँ र 3 बर्ष को मेरो मिहेनत को पैसा आफै राखेर फेरि एउटा घडेरि किनेर आफू लाई बस्न मिल्ने एउटा सानो घर बनाएँ मैले तिनी हरु देखि धेरै टाढा र आफू सङ्ग रहेको केही पैसा ले नेपाल मा नै सानो व्यापार गरेर बसेको छु । र मैले बिहे पनि गरिसकेको छु मेरो एउटा छोरी छिन म त्यही छोरी लाई छोरा भन्दा राम्रो बनाएर पाल्ने छु र मेरो श्रीमती ले पनि मलाई सबै को माया दिएकी छन । आज म धेरै खुशी छु तर पनि कहिले कसो आमा लाई सम्झेर धेरै रुने गर्छु मेरि आमा मेरो साथ भएको भए अझै धेरै खुशी हुने थिएँ म ।
र अन्त्यमा म बाबा लाई केही भन्न चाहन्छु बाबा यति धेरै रिस र अत्याचार किन म माथि ? के म तपाईं को आफ्नो खुन होइन र कि मलाई कतै कहिँ भेटेर लेउनु भएको थियो ? आफ्नो छोरा आफ्नो खुन लाई त यस्तो अत्याचार कसैले गर्दैनन बाबा । तपाईं ले म प्रती जे सोचे पनि आखिर म तपाइँ को छोरा हुँ आफ्नो कर्तब्य देखी कहिले पनि पछि पर्ने छैन । सधैं तपाइँ को दुख मा साथ दिने छु ।
जिन्दगी आफुले सोँचे जस्तो सजिलो हुँदैन ।
कसैको जिन्दगी सङ्ग मिल्न गएमा संयोग मात्र हुनेछ ।