गृहपृष्ठ राजनीति सरकारले सेना–प्रहरीदेखि कर्मचारीतन्त्र समेतलाई पार्टीकरण गर्न खोज्यो : देउवा

सरकारले सेना–प्रहरीदेखि कर्मचारीतन्त्र समेतलाई पार्टीकरण गर्न खोज्यो : देउवा

प्रकाशित मिति:

काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कर्मचारीतन्त्रलाई पार्टीप्रति उत्तरदायी बनाउन खोजेको आरोप लगाएका छन्।

नेपाल निजामती कर्मचारी युनियन(संघ)को स्थापना दिवसमा आयोजित कार्यक्रमा बोल्दै उनले कर्मचारीतन्त्रलाई पार्टीकरण गर्ने सरकारको योजना सफल हुन नदिन सचेत रहनुपर्ने आवश्यकता पनि औंल्याए । सभापति देउवाले सरकार कर्मचारी तन्त्रलाई नेकपाले कार्यकर्ताको रुपमा विकास गर्न खोजेको आरोप लगाए।

सभापति देउवाले कर्मचारीतन्त्रलाई हस्तक्षेपमुक्त बनाउने पार्टीको नीति रहेकोे पनि दावी गरे ।  देउवाले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने दावी पनि गरे साथै  अवकाश प्राप्त कर्मचारीहरुको अनुभव राष्ट्र निर्माणमा लगाउन आफ्नो पार्टी तयार रहेको पनि बताए ।

त्यस्तै कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले सरकारले संवैधानिक मूल्य र मान्यता विपरितका क्रियाकलाप तथा गतीबिधीमा लागेकाले संवैधानिक निकायका सबै कर्मचारीहरु त्रसित रहेको बताए ।

सम्बन्धित् समाचार