गृहपृष्ठ खबर वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

प्रकाशित मिति:

वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ ।

१. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण गर्नु हो र यसरी ढोका खोल्दा फेंग सूई इनर्जी भित्रिने गरिन्छ । फेंग सूईले पनि घरको ढोका ऊर्जा पोषणका लागि निकै महत्वपूर्ण हुने बताएको छ ।

२. घरको मुख्य ढोका घरका अन्य ढोकाभन्दा ठूलो हुनुपर्छ । यदि यो सानो भए आर्थिक समस्याको सामना गर्नुपर्छ ।

३. सूर्योदयका बेला घरको झ्याल ढोका खुल्ला हुनुपर्छ । यसले सकारात्मक ऊर्जा घरमा भित्रिन सहयोग गर्छ । यतिबेला झ्याल बन्द रहँदा घरका सदस्यले स्वास्थ्यसम्बन्धि समस्या झेल्नुपर्छ ।

४. घरका कुनै पनि ढोकामा वा त्यसको पछाडि चक्कुलगायतका कुनै पनि धारिलो वस्तु राख्न हुँदैन । यसो गर्दा परिवारका सदस्यबीच संघर्ष र तनाव बढ्नसक्छ ।

५. घरको कुनै पनि बेडरुममा वास बेसिन हुनु हुँदैन । यस्तो हुँदा दाम्पत्य जीवनमा विश्वासको कमी आउने गर्छ । यदि पहिले नै राखिएको छ भने वास बेसिनको अगाडि पर्दा राख्नुहोस् ।

यो पनि पढ्नुहोस्

यी चार महिनामा जन्मने महिला हुनेगर्छन् लक्ष्मीको रुप ! हेर्नुहोस् कुन-कुन हुन् ती चार शुभ महिना !

फरक-फरक महिनामा जन्मने व्यक्तिको छुट्टै-छुट्टै भाग्य हुने गर्छ भने व्यवहार पनि रहने गर्छ। कुनै व्यक्ति यति धेरै भाग्यशाली हुने गर्छन् की जे काममा पनि सफलता हुने गर्छन्। हिन्दु धर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनिने गरिन्छ भने सौभाग्यको पनि प्रतीकको रुपमा लिने गरिन्छ। आज हामी यस लेखमा केहि चार महिनामा जन्मने महिला अथवा युवतीहरुको बारेमा चर्चा गर्ने छौ। यी महिनामा जन्मने महिलाहरु धेरै भाग्यशालि हुने गर्छन्।

 

फेब्रुअरीको महिना-यस महिनामा जन्म लिने महिलाहरु प्राय विनम्र हुने गर्छन् भने बुद्धिमान पनि हुने गर्छन्। यस महिनामा जन्म लिने महिलाहरुको विवाह पनि भाग्य पनि चम्कने गर्छ। साथै ग्रह चालले पनि जहिले साथ दिने हुँदा परिवारलाई धेरै फाइदा मिल्ने गर्छ। जसका कारण यस महिना जन्म लिने महिलाहरुलाई लक्ष्मीको रुप मानिने गरिन्छ।

अप्रिलको महिना-यस महिना जन्म लिने महिलाहरुको ग्रह स्थिति धेरै राम्रो अवस्थामा रहने गर्छ। जसका कारण आफ्नो लक्ष्यमा धेरै छिटो पुग्ने गर्छन्। साथै भाग्यले पनि जहिले साथ् दिने हुँदा सजिलै प्रगति गर्ने गर्छन्। विवाह पछि पनि यस महिना जन्म हुने महिलाहरुले आफ्नो पतिको लागि पनि धेरै शुभ हुने गर्छन्।

जूनको महिना-शास्त्रका अनुसार यस महिना बच्चाको जन्म हुनुलाई खासै राम्रो मानिने गरिंदैन। तर यस महिना जन्म लिने महिलाहरुलाई भने जहिले पनि भाग्यको साथ मिल्ने गर्छ। यस महिना जन्म लिने महिलाहरु जुझारू र कर्मठ हुने गर्छन्। आफ्नो मिहिनेतमा विश्वास गर्ने हुँदा पनि यस प्रकारका महिलाहरुलाई भाग्यको साथ् मिल्ने गर्छ।

सेप्टेम्बरको महिना-यस महिना जन्म लिने महिलाहरुको कुण्डलीमा चन्द्र बुध र शुक्र ग्रहको साथ हुने गर्छ। जसका कारण यस महिना जन्म लिने महिलाहरुलाई भाग्यको साथ जसको अवस्थामा पनि मिल्ने गर्छ। आफुले चाहेको सम्पूर्ण चाहना पुरा गर्नको लागि खासै मिहिनेत नगरी मिल्ने गर्छ। यस महिना जन्म लिने महिलाहरुको विवाह धेरै धनि व्यक्तिसँग हुने गर्छ।

सम्बन्धित् समाचार