गृहपृष्ठ खबर वडा नः २ मा “म सफा गर्छु मेरो नगर” अभियान

वडा नः २ मा “म सफा गर्छु मेरो नगर” अभियान

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिमा जारी “म सफा गर्छु मेरो नगर” अभियान जारी रहेको छ । नगरपालिकाको वडा नः २ मा अभियान जारी रहेको हो । वडा नः २ मा रहेका करिव तीन सय बढि घरबाट एक जनाका दरले कोठी खोला देखि पिपरासम्म सरसफाई गरिएको छ । बाणगंगा नगरपालिकामा हालसम्मकै सबैभन्दा ठुलो सरसरफाई अभियानका रुपमा लिइएको “म सफा गर्छु मेरो नगर” प्रभावकारी बनाउन स्थानियकै सहभागितामामा यो अभियान सफल पार्न लागेको बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेलले बताए ।
वडा समिति र वडा भित्र रहेका टोल बिकास समितिको सक्रियतामा वडा भित्र पर्ने पिपरा बजारको सरसफाइसगै राजमार्गको दुवै तर्फ रहेका अनावश्यक रुख काट्ने काम अभियानका क्रममा भएको प्रवतmा पौडेलले बताए ।

सम्बन्धित् समाचार