गृहपृष्ठ खबर समूहचरणको खेल सकियो । वाणगंगा वेयरफयर र अायोजक सोसाइटी विजयी

समूहचरणको खेल सकियो । वाणगंगा वेयरफयर र अायोजक सोसाइटी विजयी

प्रकाशित मिति:

समूहचरणको खेल सकियो । वाणगंगा वेयरफयर र अायोजक सोसाइटी विजय
नवराज बेल्वासे ,
****************
विजया दशमीको अवसर पारी अायोजित जिल्ला स्तरीय भलवाड कप २०७५ को समूह चरणका खेल सकिएका छन् । अाज असोज २२ गते समूह चरणको अन्तिम खेलहरुमा वाणगंगा वेयरफयर एण्ड स्पोर्ट्स सोसाइटी जितपुर र चन्द्र सुर्य युवा क्लव बर्दहवा विच भएको पहिलो खेलमा वाणगंगा वेयरफयर एण्ड स्पोर्ट्स सोसाइटी जितपुर १ गोलले विजय भएको छ । खेलको २२ अौँ मिनेटमा जितपुरले गरेको गोल नै निर्णयक गोल हुन पुग्यो भने उता चन्द्रसुर्यको अाधा दर्जन बढी प्रहारहरु गोल हुन् सकेन् भने समूह चरणको अन्तिम खेल जनप्रिय युवा क्लव पिपरा र अायोजक जिनुवा स्पोर्ट्स एण्ड लिङ्कन सोसाईटी B बिच भएको निकै रोमाञ्चक खेलमा अायोजक बिजय भएको छ । निर्धारित समयमा कुनै पक्षबाट गोल नभए पछि खेल पेनाल्टी सुटअाउटमा गएको थियो । पेनाल्टी सुर्ट अाउटमा अायोजक २ का विरूद्द ४ ले विजय भयो । यसै बिच असोज २३ गतेबाट क्याटर फाईनलका खेलहरु हुने भएका छन् । २३ गतेको पहिलो खेल
अायोजक A बिच सनराईज युवा क्लव वालापुर मोतिपुर दिउँसो १ बजे हुनेछ भने दोस्रो खेल नव प्रतिभा युवा क्लव तेनुहवा र न्यु युगमा युवा क्लव पडरिया विच दिउँसो ३ बजे हुने अायोजकले जनाएको छ ।

सम्बन्धित् समाचार