गृहपृष्ठ राजनीति सुर्धिएर आए कारर्बाही फुकुवा हुने – सभापति आर्चाय

सुर्धिएर आए कारर्बाही फुकुवा हुने – सभापति आर्चाय

प्रकाशित मिति:

नेपाली काग्रेस कपिलवस्तुका जिल्ला सभापति सुरेन्द्रराज आर्चायले सुर्धिएर आए कारर्बाहीमा परेकालाइ फुकुवा गरिने बताएका छन । जिल्लाको तौलीहवा नेपाली काग्रेस जिल्ला कार्य समिति कपिलवस्तुद्धारा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । पार्टीमा अव अनुशासनलाई कडाइका साथ लैजाने बताउदै उनले पार्टी निति नियम भन्दा बाहिर गएकालाई एक पटक फुकुवाको अवसर दिने बताए । प्रतिनिधि सभा सदस्य तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवानले सरकारले जनतालाई दुख दिने बाहेक केही गर्न नसकेको बताएका छन । अन्यायमा परेका जनतालाई यस सरकारबाट न्याय पाउने आश मरिसकेको बताउदै नेता कमालले काग्रेसले सजक भई नेपाली जनताको पक्षमा आवाज उठाउनु पर्नेमा उनले जोड दिएका छन ।
त्यस्तै अभिशेष प्रताप शाहले बुद्धको बिषयमा सामाजिक सञ्चालमा आएको कुरा एकपक्षीय भएको बताउदै त्यो समाचार लेख्ने पत्रकारलाई मानहानीको मुद्धा हाल्न लागेको जानकारी दिए । साथै उनले नेपाल सरकारले बुद्ध जन्मको बिषयमा रहेको बिवादका बिषयमा भारतसगं कुरा गर्न नसकेको भए बुद्ध नेपालमै जन्मीएका हुन भन्दै त्यसको नेतृत्व गरी भारतको माथिल्लो तहमा छलफल गर्ने समेत बताए । कार्यक्रममा पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाखर पाण्डे, प्रदेश सभा सदस्य रिना नेपाल, महिला नेतृ सुमित्रा शर्मा, मिना केसि, बाणगंगा मेयर मगंल प्रसाद थारु, बुद्धभुमिका केयर केशव श्रेष्ठ, यशोधरा गाउपालिकाका प्रमुख विपि चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष युवराज केसि लगायतले आआफनो धारणा राखेका थिए । सो अवसरमा नेपाली काग्रेसका जिल्ला नेता सहित करिव ५ सय बढिको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार