उमेर अनि म!! १
म उमेरको भए
कि उमेर मेरो?
सधै साथ छ
मित्रता गहिरो
समय हाम्रो सेतु,
घडीका सुइ जसरी
म पनि घुमिरहे,
कँहा पुगे भनौ
फर्केर उही अाइपुगे।
जाँहा छोडे प्रश्न
त्यही उभिएका छन,
तर म अझै उस्तै
निर उत्तर हिजो
निर उत्तर आज,
न उमेर मेरो रहयो,
न म उमेरको नै।
अब जित्दै छ
उमेरले,
उत्सव मनाउदै
मलाइ गिजाउँछ,
हा! यो दौड,
अब ब्यर्थ लाग्दै छ,
अब आफ्नो हार पनी
विस्राम लाग्दै छ,
न रहेछ उमेर मेरो,
न म उमेरको नै।
आहा! म त गिद्द भएछु-२
म गिद्द भएछु
मलाइ सिनो मनपर्छ,
आफुलाइ शिकारी सम्झन्छु
तर म गिद्द भएछु।
लाचार लास देख्दा
मेरो रयाल निस्किन्छ,
म प्यास रोक्न सक्दिन,
म लास माथि झम्टिन्छु,
हो! म साचै गिद्द भएछु।
जब सिनो चिरा चिरा पर्छ
चोपटा निचोर्दा रस निस्किन्छ
मलाइ राक्षस चड्छ,
भोक कसिएर अाउँछ,
अनि म गिद्द हुन्छु।
मान्छे हुन गार्हो रहेछ,
माया, करुणा, सम्वेदना,
त्यसैले त म सिनो खान्छु
न प्रेम, न भावना, न शोक
केवल छ त नमेटिने भोक,
आहा! म त गिद्द भएछु।
हरि !३
निन्द्रा मेटिन्छ कि?
सपना टुट्छ कि?
खोज्दै छु मन्तर
कतै हरि भेटिन्छ कि?
हारमा हराउछु,
जितमा रमाउछु
छिनमै खुशि,
छिनमै आँसु,
मन नदि सङै बहन्छु,
पिडामा चुपचाप कराउँछु।
पिडा मेटिन्छ कि?
नदि रोकिन्छ कि?
खोज्दै छु मन्तर
कतै हरि भेटिन्छ कि?
‘अर्जुन भुसाल’