गृहपृष्ठ खेलकुद प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा क्वाटरफाईनलका खेल सुरु

प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा क्वाटरफाईनलका खेल सुरु

प्रकाशित मिति:

वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा जारि सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिता दिन प्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको छ । खेल अवलोकन गर्न आउँनेको सङ्ख्या पनि बढ्दै गएको छ । शनिवारबाट क्वाटरफाईनल खेल सुरु भएको छ । आजको तेस्रो खेलबाट क्वाटरफाईनल सुरु भएको हो । शनिवार भएको पहिलो खेलमा ज्ञानोदय गोल्ड विजयी भएको छ । टस जितेर बलिङ रोजेको बुद्धभुमि युथ क्लवलाई ज्ञानोदयले ७ विकेटको क्षतिमा १ सय १४ रनको लक्ष्य दिएको थियो जवाफि ब्याटिङमा उत्रिएको बुद्धभुमि ७१ रनमै अलआउट हुँदै हार ब्यहोरेको हो । पहिलो खेलबाट अजय कौशल्य म्यान अफ द म्याच बन्न सफल भए उनले २५ रन २ विकेट लिएका थिए ।

खाँन ईलावेन भैरहवा र जय नेपाल क्रिकेट क्लव बिच विच भएको दोस्रो खेलमा खाँन ईलावेन ५ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङ रोजेको जय नेपाल क्रिकेट क्लवले खाँन ईलावेनलाई १ सय ८ रनको लक्ष्य दिएकोमा खाँने ११ दशमलव १ ओभरमा ५ विकेटको क्षति ब्यहार्दै विजयी भएको हो । दोस्रो खेलबाट रुपेश कुर्मि म्यान अफ द म्याच बन्न सफल भए उनले ३४ रन तथा ३ विकेट लिए ।

त्यस्तै तेस्रो क्वाटरफाईलन खेलमा परिवर्तनशिल युवा क्लव मधुवन विजयी भएको छ । कपिलवस्तु ट्रेनिङ सेन्टर तौलिहवा र परिवर्तनशिल युवा क्लव मधुवन बिच भएको खेलमा टस जितेर बलिङ राजेको परिवर्तनशिललाई ट्रेनिङ सेन्टरले १ सय ४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याउँने क्रममा परिवर्तनशिलले ८ विकेटको क्षतिमा विजयी हात पारेको हो । तेस्रो खेलबाट अजय पाण्डे म्यान अफ द म्याच बन्न सफल भए उनले ४६ रन लिएको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरले जानकारि दिए ।

यस्तै आईतवार पनि क्वाटरफाईनल खेल हुनेछन् । पहिलो खेल ज्ञानोदय गोल्ड र आयोजक टिम बिच हुनेछ, दोस्रो खेल शान्ति युथ क्लव लुम्बिनी र अल स्टार क्रिकेट क्लव बिच हुनेछ भने तेस्रो खेल लक्ष्मणघाट क्रिकेट क्लव र खाँन ईलावेन क्रिकेट क्लव धगदई बिच हुने प्रतियोगिताका खेल संयोजक माधव पौडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार