गृहपृष्ठ खेलकुद प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि खाँन ईलावेन भैरहवालाई, आयोजक ३ विकेटले पराजित

प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि खाँन ईलावेन भैरहवालाई, आयोजक ३ विकेटले पराजित

प्रकाशित मिति:

प्रदेश स्तरिय खुल्ला नकआउट क्रिकेट प्रतियोगिताको उपाधि खाँन ईलावेन भैरहवाले जितेको छ । मंगलवार भएको अन्तिम खेलमा खाँन ईलावेनले आयोजकलाई ३ विकेटले पराजित गर्दै विजयी भएको हो । कात्तिक ८ गतेबाट वाणगंगा ८ बोर्डगाउँ स्थित मायादेवि रंगशालामा सनराईज सामाजिक विकास मञ्चद्धारा आयोजित प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा ५ नम्बर प्रदेशका २८ वटा टिमहरु सहभागि भएका थिए । आज भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको आयोजकले खाँनलाई २० ओभरको समाप्तिमा १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफि ब्याटिङमा उत्रिएको खाँन ईलावेन १७ दशमलव ३ ओभरमा नै लक्ष्य चुमि विजयी हात पारेको हो । विजेता खाँनले रु १ लाख १ हजार शिल्ड तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । त्यस्तै आयोजक उपविजेता बन्न सफल भएको छ । आयोजकले रु ५१ हजार शिल्ड तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा शान्ति युथ क्लव लुम्बिनी स्वतः तृतीय स्थान हाँसिल गर्न सफल भएको छ । उसले रु १५ हजार शिल्ड तथा प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ भने परिवर्तनशिल युवा क्लव मधुवन सान्तवना स्थान हाँिसल गर्न सफल भएको छ । उसले रु ५ हजार शिल्ड तथा प्रमाण पत्र पुरस्कार प्राप्त गरेको प्रतियोगिताका मिडिया संयोजक हरि घिमिरेले जानकारि दिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपक्षिं चक्रपाणि खनाल वलदेवले केहि समयमै मायाँदेवि रंगशालालाई पुनः निर्माण गरि परिवर्तन गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले खेलमैदानको भौतिक निर्माणमा विशेष जोड दिई खेलमैदानलाई राष्ट्रिय स्तरको बनाउँन पहल गर्ने समेत उनले बताए । नेपाल भन्दा विकासका पुर्वाधारमा कमि रहेका विश्वका अन्य देशहरुमा पनि खेलकुदका माध्यमबाट धेरै विकास भएको तर नेपालमा पर्याप्त स्रोत साधन, खेलाडि हुँदा हुँदै पनि विभिन्न कारणले गर्दा उचित ब्यवस्थापन हुँन नसकेकाले आफुले पहल गर्ने बताए ।

त्यस्तै जिल्ला खेलकुद समितिका अध्यक्ष छवि रेश्मी मगरले जिल्लामा राष्ट्रिय स्टेडियम बनाउँन आवश्यक रहेको बताए । उनले राजनितिक दलको उथल पुथलका कारण भईरहेका विभिन्न खेलकुदका समस्याहरुलाई समाधान गर्नका लागि मन्त्रि समक्ष माग गरे । त्यस्तै खेल संयोजक माधव पौडेलले प्रतियोगिता अनुशासन, मार्यादित रुपले सम्पन्न भएको र विजेता टिमलाई बधाई ब्यक्त गरे । प्रतियोगिताका पुरस्कार प्रायोजन गर्ने विभिन्न संघ सस्थाहरुलाई सम्मान गरिएको थियो । प्रथम पुरस्कार प्रायोजक सिद्धार्थ ओभरसिजका सञ्चालक कृष्ण कुवर रहनुभएको थियो ।

सनराईज सामाजिक विकास मञ्चका अध्यक्ष टेकराज भण्डारिको अध्यक्षता रहेको कार्यक्रम पत्रकार अशोक पौडेलको सञ्चानमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार