गृहपृष्ठ Featured भारत फेरि टी–२० वरीयताको शीर्ष स्थानमा उक्लियो

भारत फेरि टी–२० वरीयताको शीर्ष स्थानमा उक्लियो

काठमाण्डाै – भारत फेरि आईसीसी टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा इङ्ग्ल्यान्डलाई पछि पार्दै भारत शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु टोली जिम्बावेसँगको तीन खेलको टी–२० शृङ्खलामा २–० को अग्रता लिएसँगै भारत शीर्ष स्थानमा फर्किएको हो । यो शृङ्खलाको अन्तिम खेल अहिले हरारेमा भइरहेको छ ।

यसअघि इङ्ग्ल्यान्डले घरेलु मैदानमा पाँच खेलको टी–२० शृङ्खलामा भारतलाई ४–० ले हराउँदै शीर्ष स्थानमा पुगेको थियो ।

टी–२० वरीयतामा अस्ट्रेलिया तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा यथावत् छ । यस्तै नेपाल १५औँ स्थानमा यथावत् छ ।

सम्बन्धित् समाचार