गृहपृष्ठ Featured पाँच महिनाअघि तयार गरेको प्रतिवेदनप्रति भारतीय प्रधानमन्त्री मोदीलाई अस्वीकार्य

पाँच महिनाअघि तयार गरेको प्रतिवेदनप्रति भारतीय प्रधानमन्त्री मोदीलाई अस्वीकार्य

प्रकाशित मिति:

काठमाडौं । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह इपिजीले पाँच महिनाअघि तयार गरेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अझै बुझाउन सकेको छैन । प्रतिवेदनप्रति असन्तुष्ट मोदीका सुरक्षा सल्लाहकार अजित डोभालले इपिजी टोलीलाई प्रधानमन्त्रीसँग भेटको समय नै मिलाउन दिएका छैनन् । १९५० को नेपाल–भारत मैत्री सन्धिबाट भारतभन्दा नेपाल लाभान्वित भएको र अहिले इपिजीको प्रतिवेदनले भारतलाई समस्या तथा नेपाललाई थप लाभ हुने डोभालको निष्कर्ष छ ।

इपिजीको भारत पक्षका संयोजक भगतसिंह कोस्यारीले मोदीसँग भेटघाटको समय मिलाउन कोसिस गरिरहेका छन् । तर, प्रतिवेदन नसच्याए प्रधानमन्त्री मोदीले नबुझ्ने डोभालको भनाइपछि इपिजी अनिर्णयको बन्दी भएको छ ।

नेपाली पक्ष भने मोदीको समय पर्खेर बसेको छ । इपिजीको म्याद गत असारमै सकिएको हो । एकपटक सैद्धान्तिक सहमति भइसकेको प्रतिवेदन सच्याउन सम्भव छैन । त्यसबारे भारतीय पक्षले नेपाली पक्षलाई वास्तविकता जानकारी गराएको पनि सकेको छैन । आजको नयाँपत्रिका दैनिकमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार