गृहपृष्ठ Featured यी हुन् पकेटमारले सार्वजनिक स्थलमा प्रयोग १५ कोड भाषा ,उपत्यकाकाे ७७ जना पाकेटमार प्रहरीको फन्दामा

यी हुन् पकेटमारले सार्वजनिक स्थलमा प्रयोग १५ कोड भाषा ,उपत्यकाकाे ७७ जना पाकेटमार प्रहरीको फन्दामा

प्रकाशित मिति:

काठमाडौं । चोरी र लुटपाटमा संलग्न ७७ जना प्रहरीको फन्दामा परेका छन् । उनीहरुलाई प्रहरीले काठमाडौँ उपत्यकाबाट पक्राउ गरिएको हो ।  १५ दिन भित्र एक बच्चाकी आमासंगै ७७ जना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुकाे चोरी र लुटपाट  गर्ने ठाउँहरु उपत्यकाको सार्वजनिक सवारी साधन, घर र सार्वजनिक स्थल लगाएतका क्षेत्र रहेकाे छ । चोरी र लुटपाटमा संलग्न गिरोहका ६ जनाको समूह रहेको र उक्त समूहले सार्वजनिक सवारी साधनहरुमा यात्रा गरिरहेका यात्रुहरुबाट नगद, पैसा, गहना लुटपाट गर्ने गरेको खुल्नमा आएको प्रहरीले जनाए ।

प्रहरीले पक्राउ परेकाहरुबाट नगत , नक्कली पेस्तोल, चक्कुल ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप, सुनचाँदीका गहना जस्ता सामानहरु समेत बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाइएको छ । यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरीलाई सार्वजनिक सवारी साधनमा खटाइ चोरी र लुटपाटमा संलग्नलाई पक्राउ गर्न सफल भएकाे परिसरका एसएसपी वसन्त लामाले बताए।

प्रहरीका अनुसार एउटा बसमा पकेटमारले ६ जनाको सम्म समूह बनाएर पैसा,मोबाइल, सिक्री लगायत सामग्री चोर्ने गर्थे। अनुसन्धानपछि प्रहरीले चोरले प्रयोग गर्ने भाषा पनि पत्ता लगाएर सार्वजनिक गरेको छ।प्रहरीका अनुसार चोरले प्रयोग गर्ने भाषा यी हुन्।

पैसा – द

मोवाइल – कान

पकेटमारी पिडित – रामे

पकेटमारी गर्ने (मास्टर) – काशी

पैसा धेरै छ – टानको द

पैसा थोरै छ – जुटको द

गाडी -कांचा

केटा – छापा

केटी -भद्री

पुलिस आयो – ठुल्दाइ आयो

ड्राईभर – माम

खलासी- मले

गाडीबाट झरेर भाग-  टप्की

गाडी भित्र अगाडी सर – अकल जा

गाडी भित्र पछाडी सर – चिछल जा

सम्बन्धित् समाचार