गृहपृष्ठ Featured कसले चाट्दैछन् चिनीको चास्नी ? अझ घटेन मूल्य

कसले चाट्दैछन् चिनीको चास्नी ? अझ घटेन मूल्य

प्रकाशित मिति:

काठमाडौं,५ पुस-गत भदौ ३१ गतेदेखि चिनीको आयातमा सरकारले परिणात्मक बन्देज लगाएपछि दशैँ तिहारलगायत चाडबाडको बेला चिनीको मूल्य निर्धारणमा निजी क्षेत्र हाबी भयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सरकारले मूल्य घटाउन नसकेपछि उपभोक्ताले चर्को मुल्य  तिर्नु  पर्‍यो नै चिनीमा आर्थिक चलखेल भएको भन्दै संसदीय समितिहरुमा समेत कुरा उठाइयो तर, अहिले चिनीमा लगाइएको परिणात्मक बन्देजको पृष्ठभूमिमा भएको भनिएको आर्थिक चलखेल र मूल्य घटाउने विषय दुवै छाँयामा परेको छ ।

बुधबार चिनी उद्योगीहरुले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा आफूसँग ३ अर्ब रुपियाँ बराबरको ७७ हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताए ।

ठूलो परिणाममा चिनी मौज्दात रहेको पनि उद्योगी व्यवसाइीहरुले चिनीमा प्रतिस्पर्धी बजारको अवस्था सिर्जना हुन भने अझै दिएका छैनन् ।

सम्बन्धित् समाचार