गृहपृष्ठ Featured नेपालमा जोसुकैले उत्पादन गरेको बिजुली किन्न भारत तयार

नेपालमा जोसुकैले उत्पादन गरेको बिजुली किन्न भारत तयार

प्रकाशित मिति:

काठमाडौं । दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यपारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ।

२०१६ डिसेम्बर ५ क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेको नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो। ठिक एक वर्षपछि डिसेम्बर १८ मा निर्देशिका परिमार्जन गर्दै भारतले पहिलेको शर्त उल्ट्याएको हो।

अब भारतले नेपालमा जुनसुकै मुलुक वा कम्पनीले उत्पादन गरेको बिजुली किन्नेछ। याे समाचार आजको नागरिक दैनिकमा छ।

सम्बन्धित् समाचार