गृहपृष्ठ Featured साना किसान भलवाडको अध्यक्षमा पुन: कुमार मधु वेल्वासे निर्वाचित

साना किसान भलवाडको अध्यक्षमा पुन: कुमार मधु वेल्वासे निर्वाचित

प्रकाशित मिति:

 

वैखरी , पौष २५ साना किसान भलवाड

-, साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडको १९ औँ साधारण सभा तथा ७ औँ अधिवेशन सम्पन्न भएको छ । प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आथितियतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले किसानहरूको समस्या समाधान गदै र युवाहरूको लागि स्वदेशमै रोजगारको सिर्जना गर्न सहकारीको प्रमुख भूमिका रहने कुरामा जोड दिनु भएको थियो । र बिष्णु पन्थीले भलवाड मा अब बिकाशका कुनै कसर नछोडिने छिट्टै भलवाड डोहोटे कालोपत्रे हुने भलवाड लाई नमुना कृषि जोन का रुपमा रुपान्तरण गरिने कुरा ले भलवाड बासी केही खुसी देखिन्थे !

भने साना किसान विकास बैङ्क बुटवलका प्रमुख कृष्णा कुमारी शर्माले सहकारीबाट ऋण लिई सदुप्रयोग गर्न सकेको खण्डमा आफ्नो जीवन सहज हुने कुरामा जोड दिनु भएको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष कुमार मधु बेल्वासेले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो भने लेखा संयोजक बाबुराम रायमाझीले कुल १० करोड २३ लाखको आर्थिक वर्ष २०७४–२०७५ को आय–व्यय प्रस्तुत गर्नु भएको थियो । सोही अवसरमा संस्थाबाट ऋण लिएर व्यावसायिक रूपमा पशुपालन गरेका १५ जना उद्यमी कृषक र शेयर सदस्यका अपाङ्ग भएका परिवार मध्य २१ जना अपाङ्ग सदस्य सम्मानित भएका थिए ।

कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आथितियता , साना किसान विकास बैङ्क बुटवलका प्रमुख कृष्णा कुमारी शर्मा ,नेपाल कृषि सहकारी तदर्स सङ्घ लिमिटेड प्रदेश नम्बर ५ का संयोजक नर बहादुर घर्ती मगर , वाणगंगा नगरपालिका उपमेयर चक्रपाणि अर्याल , वाणगंगा ९ का वडा अध्यक्ष धुर्ब  बेल्वासेको विशिष्ट आथितियताकार्यक्रम सम्पन्न भएको थियो ।  ,कृषिप्रधान देशमा कृषि क्रान्ति नै युवाहरूलाई उद्दमशिल बनाउने बिशेष बाटो रहेको वडा अध्यक्ष धुर्ब  बेल्वासेले बताउनु भएको थियो ! र भलवाड मा कृषि सङ्गै दुध र मासु जन्य उत्पादन हरुलाइ पनि बढाउदै युवाहरूलाई स्वरोजगार बनाउनेतर्फ सबैको उत्तिकै ध्यान जानुपर्ने मा जोड दिनु पर्ने बताउनु भयो कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शङ्कर प्रसाद आचार्य , शुद्धोदन मा.विकास प्र. टेकलाल अधिकारी , विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको आथितियता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष कुमार मधु बेल्वासेको अध्यक्षता , साना किसान कृषी सहकारी संस्था लिमिटेड भलवाडका अध्यक्ष वेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष दुर्गा खनालको स्वागत र प्रवन्धक मान कुमारी गिरीको सञ्चालन रहेको थियो ।  खनालको स्वागत मन्तव्य र प्रबन्धक गिरीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नयाँ नेतृत्व कुमार मधु बेल्वासेले पाउनु भएको छ । सहमति नहुँदा चुनावी प्रक्रियामा गएको थियो ,

चुनाव प्रक्रियामा प्रतिद्धन्धि विन्द्र बहादुर गुरुङलाई हराउँदै बेल्वासेले जिम्मेवारी पाउनु भएको थियो । यो सहित बेल्वासे ३ कार्यकाल समाल्नु हुनेछ जसको उपाध्यक्षमा दीपक बस्नेत , सदस्यहरूमा पूर्ण बहादुर आचार्य , चुरामणि आचार्य , प्रचण्ड कार्की , दुर्गा प्रसाद खनाल , चन्द्रविन्दु थारु , विन्द्र बहादुर गुरुङ , मिना गिरी , पुष्ट कार्की टेक कुमारी थापा रहनु भएको छ ।

साना किसान कृषि सहकारी साधारणसभा बानपा ९ कपिलवस्तु ।

                     अध्यक्ष कुमार मधु बेलबासे सहित नवनिर्वाचित सम्पुर्ण समितिलाई धेरै धेरै बधाई तथा शुभकामना । 

सम्बन्धित् समाचार