सिंहदरबारस्थित समितिले खानेपानी मन्त्रालयको सचिव गर्जेन्द्र ठाकुर मेलम्ची खानेपानी समितिका निर्देशक सुर्यराज कडेंल, त्रिरेश खत्री, केयुकेएलका महेश भट्टराई लगायतको उपस्थितिमा छलफल भएको हो ।
सो क्रममा मेलम्ची आयोजनालाई इटालियन कम्पनि सिएमसिले अलपत्र पारेपछि कसरी अगाडि बढ्ने सम्बन्धमा छलफल भएको थियो ।
यस्तो छ मेलम्चीको पछिल्लो अवस्था :
गत १५ डिसेम्बरमा ठेकेदार कम्पनी सिएमसीले सम्पुर्ण कार्य छोडेको र हालसम्म काममा फर्किएको थिएन । उक्त कम्पनीले १७ डिसेम्बरमा ठेक्कापट्टा सम्झौता तोडेको थियो । १७ डिसेम्बरमा नै आयोजनाले कम्पनीको कार्यसम्पादन जमानत, अग्रिम पेस्की जमानत लगायतका करिब २ अर्ब २१ करोड बराबरको सुरक्षण बापतको रकम जफत गर्न बैकलाई पत्राचार गरेको, १८ डिसेम्बरमा आफुखुसी साइड छाडेको हदा परामर्शदाताले ठेक्का तोड्न सिफारिस गरेको थियो ।
गत २१ डिसेम्बरमा ठेक्ठा तोड्नेपत्र फिर्ता लिएको भनेर पत्राचार गरेको, ठेकदार कम्पनीले धरौटी रकम जफत नगरियोस भनि निषेधआज्ञा माग गरी उच्च अदालत पाटनमा परेको रिट दायर खारेज गरेको थियो । आयोजनाको परामर्शदाताले ठेकदार कम्पनीले गरेको ठेक्का तोड्ने पत्रलाई मान्यता नदिएको र २८ डिसेम्बरमा २१ डिसेम्बरमा फिर्ता गरेको पत्रलाई अस्वीकृत गरी ठेक्का तोडेको थियो ।
आयोजनाको बाँकी कामहरु :
हेडवक्र्समा ईण्टेक कोफर, डाइभर्सन वेयर,गेट जडान लगायतको काम गर्न बाँकी रहेको छ भने मुख्य सुरुग तथा अन्य कार्यमा भुई ढलान ४१० मिटर तथा रक सपोर्ट ९५९ मिटर, रेक्टीफिकेशन तथा रक डवेल राख्ने कामभेन्ट साफ्टको ६६ मिटर रिमिङ तथा बाकीँ २ वटा ड्रिल गर्न, अनुगमन संयन्त्र जडान तथा पाइप फिटिङ जडान गर्न आयोजनाको बाकी कामहरु रहेका छ ।
निमार्ण कम्पनिले साइड छोडेपछि उत्पन्न समस्याहरु :
निमार्ण कार्य पुर्ण रुपमा ठप्प रहेको छ । स्थानीय निमार्ण सामग्री आपूर्तीकर्तालाई भुक्तानी गर्नु पर्ने रकम भुक्तानी नदिएको छ भने श्रमिकहरुको लगभग ८ करोड पारिश्रामीक तथा अन्य सुविधा बापतको रकम दाबी भएको छ । मेसीन औजार विग्रने संभावना रहेको छ । साइटको सुरक्षाको चुनौति, स्रुग प्रवेशमार्गको मर्मत संभारमा चुनौति निमार्ण कम्पनिले साइड छोडेपछि उत्पन्न समस्याहरु हुन् ।
बाँकि काम सम्पन्न गर्नको लागि प्रयोग हुने विधिहरु :
विषेश परिस्थितिमा जादा—मौजुदा सप्लायर्स तथा भेण्डरहरुलाइ नै प्रयोग गरी यथासिघ्र पानी डाइभर्सन गरी पानी काठमाडौं झारी हेडओर्कस लगायतको काम हरु छिटो प्रक्रियामा गर्ने ३-४ महिनामा सकिन सक्छ भने नियमित प्रक्रियाबाट जादा —पानी डाइभर्सन गर्ने समय लामो हुनसक्ने तथा तत्काल निमार्ण कार्य अगाडि नबढाउदा आयोजनामा क्षति हुन सक्ने र आयोजना सम्पन्न हुन् अझै २-३ वर्ष लाग्न सक्ने देखिन्छ ।
पानी डाईभर्सन गर्न र आयोजना सम्पन्न गर्न लाग्ने अनुमानित लागत :
हेडओर्कस निर्माण गर्न ११.३६ मिलियन अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ भने करिव ९ महिना लाग्ने अनुमान गरिएको छ । सुरुग फिनिसिङ ७ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ भने ३ महिना समय लाग्ने अनुमान गरिएको छ । त्यस्तै गरी भेन्टिलेसन साफ्ट जडान ०.२५ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।
हाइड्रो मेकानिकल गेट जडान २ मिलियन अमेरिकी डलर लाग्ने लागत लाग्ने अनुमान गरिएको भने पाइप तथा फिटिङ सप्लायर्स जडानमा ०.४ मिलियन डलर लागत लाग्ने अनुमान गरिएको छ ।
त्यस्तै गरी अनुगमन उपकरण जडानमा ०.८० मिलियन डलर लाग्ने देखिएको छ भने क्याम्प सुविधामा ०.६० मिलियन डलर लाग्ने अनुमान गरिएको छ । विविधमा ३ मिलियन अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ भने यसरी हेर्दा २५.४१ मिलियन अमेरिकी डलर लागतमा ९ महिनाभित्रमा कार्य सम्पादन हुने देखिन आउछ । पानी डाईभर्सन गर्न र आयोजना सम्पन्न गर्न लाग्ने अनुमानित लागतको तथ्याङ्क मेलम्ची खानेपानी आयोजनाका निर्देशक सुर्यराज कडेंलले जानाकारी गराएका थिए ।
आयोजनाको प्रगति तथा खर्च विवरण:
सुरुमा भ्याट बाहेक ७७, २३४ लाखमा काम सुरु गरेको निमार्ण कार्य बापत ४८, ७३५ लाख भुत्तानी गरेको देखिन्छ । मुल्य समायोजन रकम ६, २३५ लाख, दावी तथा अन्य भुत्तानी रकम १०, ५१८ लाख, भेरियसन रकम १०, ३७३ लाख, साइट मेटेरियल एडभान्स तथा अन्य ४, २६७ लाख भएको देखिन्छ भने हालसम्म कुल भुत्तानी रकम ८०, ३३१ लाख रहेको आयोजनाको प्रगति तथा खर्च विवरण उल्लेख गरिएको छ भने भौतिक प्रगति ९५ प्रतिशत भइसकेको उल्लेख गरिएको छ ।