जितपुर – माघ १७ – पुर्ब सिचाइ मन्त्री तथा नेपाली काङ्ग्रेस का जिल्ला सभापति सुरेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा कपिलवस्तुको जितपुरमा गरिब तथा बिपन्न बर्गलाइ लक्ष्यित गरि ने बि संघ कपिलवस्तुले न्यानो कपडा ( सिरक) बितवरण कार्यक्रम गरेको छ !
तरुण दल कपिलवस्तुको संयोजकत्वमा भएको उक्त कार्यक्रममा पार्टीका विशिष्ट ब्यक्तिहरुको उपस्थिती सङ्गै सो कार्यक्रमको आयोजना गरिएको थियो ! कार्यक्रममा जिल्ला सभापति सुरेन्द्र आचार्यले नेपाली काङ्ग्रेस गरिब र बिपन्नहरु प्रति सधै सचेत भैरहने, देशको बिकासमा, प्रतिपक्षीकै भुमिकाबाटै पनि सधै सकारात्मक भुमिका निभाउने कुरा प्रष्ट पारेका थिए ।
दुइतिहाइको दम्भमा बर्तमान सरकारले देशको हित बिपरित कुनै कार्य नगर्न सरकारलाई चुनौती दिदै काङ्ग्रेस सधै सचेतक को भुमिका निभाउने कुरा पनि प्रस्टाएका थिए । कार्यक्रममा बिशिस्ट अथितीहरु ले पनि स्वागत मन्तव्य दिदै सरकार ले एककोहोरो अधिनायकवाद लाध्न खोजेको आरोप पनि सरकार लाई लगाएका थिए । पटना होस् या भलवाड बाणगङ्गा नगरपालिका को उत्तिकै ध्यान जाने र बिकास निर्माणका कुनै कार्यक्रममा कसैलाई अपेक्षित नगरिने कुरा बाणगङ्गा नगर प्रमुख मङ्गल प्रसाद थारुले जनाएका थिए ।
नेपाल विद्यार्थी संघ कपिलवस्तुको सम्पर्क कार्यालयको उद्घाटन समारोहमा रिबन काटेर सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथि हरुबाट बाणगङ्गा नगरपालिकाका अति बिपन्न परिवारलाई सय थान बढी सिरक वितरण गरिएको थियो ।








