गृहपृष्ठ Featured सरकार अराजक भएको भन्दै काग्रेसद्धारा २१ गते तौलीहवामा बिरोध सभा हुने ।

सरकार अराजक भएको भन्दै काग्रेसद्धारा २१ गते तौलीहवामा बिरोध सभा हुने ।

प्रकाशित मिति:

नेपाली काग्रेस जिल्ला कार्य समितिले यही २१ गते जिल्ला सदरमुकाम तौलीहवामा बिरोध सभा गर्ने भएको छ । सरकारले दुई तिहाईको दम्भ देखाउदै मनपरि अराजकताल भैलाएको भन्दै बिरोध सभा गर्न लागेको हो । नेपाली काग्रेस जिल्ला कार्य समिति सभापति सुरेन्द्रराज आर्चायले सरकारको मनपरिको बिरोध नगरे जनताले दुख पाउने बताए । कपिलवस्तुको चार नः जितपुरमा भएको बैठकमा पार्टी सभापति सुरेन्द्रराज आर्चाय , पुर्व मन्त्री तथा भारातका लागी नेपालका पुर्व राजदुत दिप कुमार उपाध्याय, सचिव प्रेम रायमाझी, महेन्द्र पाठक तरुण दल जिल्ला सभापति खोम बहादुर सिहं (शतिm) ठकुरी, नेबिसघं क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल, सहित पार्टीका नेता तथा कार्यकर्ताको समेत सहभागीता रहेको थियो । २१ गते हरेक वडा वडा बाट जिल्ला सदरमुकाम आउन सो अवसरमा पार्टीले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।

सम्बन्धित् समाचार