गृहपृष्ठ खबर फुलबारी गाइजलाई हराउदै झरना बिजयी । झरनाका आलेले गरे एक्लै ३ गाेल

फुलबारी गाइजलाई हराउदै झरना बिजयी । झरनाका आलेले गरे एक्लै ३ गाेल

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको बुद्धरगंशालामा आयोजित प्रथम मुतmी, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट प्रतियोगितामा शुक्रबारको खेलमा झरना स्र्पोटस क्लव कुञ्जलापुर बिजयी भएको छ । कपिलवस्तु जिल्लामै हालसम्मकै सर्वाधिक पुरस्कार राशी राखीएको फुटवल प्रतियोगिता शुक्रबारको खेलमा फुलबारी गाइज बुटवललाई हराउदै झरना स्र्पोटस क्लव ५÷२ बिजयी भएको हो । झरनालाई जिताउन खेल सुरज आलेले ३ गोल, निसान सुनार र एमस पुनले १ गोल गर्न सफल भएका थिए ।
फुलबारी गाइजका लागी श्रीतिज राज जिति एक्लैले २ गोल गरेता पनि टिमलाई जित दिलाउन सकेन्न । खेलको म्यान अफ दि म्याको उपाधि झरनाका सुरज ओलेले पाए । प्रतियोगिता अन्र्तगत शनिबार बाणगंगा वेलफेयर सोसाइटी चार नः जितपुर र नव युवा क्लव बर्दघाटबिच हुने आयोजक तरुण दल क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापाले जानकारी दिए । प्रथम मुतmी, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट प्रतियोगिता नाम दिइएको यस प्रतियोगितामा चारै स्व तरुणका परिवारलाई सम्मान समेत गरेको नेपाल तरुण दल जिल्ला कार्यसमिति सभापति खोम बहादुर सिहं ठकरी –शतिm) ले बताए । प्रतियोगतामा प्रथम हुनेले नगद रु दुई लाख पाउने छ भने द्धित्तिय हुनेले एक लाख पाउने तरुण दल क्षेत्र नः १ का क्षेत्रीय सचिव गोविन्द आर्चाय जानकारी दिएका छन ।

सम्बन्धित् समाचार