गृहपृष्ठ खबर नव युवा क्लव बर्दघाट लाई हराउदै बाणगंगा िवजयी

नव युवा क्लव बर्दघाट लाई हराउदै बाणगंगा िवजयी

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुरमा रहेको बुद्धरगंशालामा आयोजित प्रथम मुतmी, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट प्रतियोगितामा शनिबार भएको खेलमा बाणगंगा वेलफेयर सोसाइटी बिजयी भएको छ । जिल्लामै हालसम्मकै सर्वाधिक पुरस्कार राशी राखीएको फुटवल प्रतियोगिता शनिबार भएको खेलमा नव युवा क्लव बर्दघाट नवलपरासिलाई २÷० ले हराउदै बाणगंगा वेलफेयर सोसाइटी बिजयी भएको हो । वेलफेयरलाई जिताउन बिश्वास श्रेष्ठ र सुरज हमालले १ गोल गर्दै टिम लाई जिताउन सफल भएका हुन । खेलको म्यान अफ दि म्याचको उपाधि प्रशान्त कार्कीले पाएका थिए ।

प्रतियोगिता अन्र्तगत आइतबार भैरव फुटवल क्लव नवलपरासि र झरना स्र्पोटस क्लव कुञ्जलापुरबिच हुने आयोजक तरुण दल क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापाले जानकारी दिए । प्रथम मुतmी, राजेन्द्र, राजेश, ओम प्रकाश स्मृति खुल्ला नकआउट प्रतियोगिता नाम दिइएको यस प्रतियोगितामा चारै स्व तरुणका परिवारलाई सम्मान समेत गरेको नेपाल तरुण दल जिल्ला कार्यसमिति सभापति खोम बहादुर सिहं ठकरी –शतिm) ले बताए । प्रतियोगतामा प्रथम हुनेले नगद रु दुई लाख पाउने छ भने द्धित्तिय हुनेले एक लाख पाउने तरुण दल क्षेत्र नः १ का क्षेत्रीय सचिव गोविन्द आर्चाय जानकारी दिएका छन । प्रतियोगितामा आइतबारबाट सेमिफाइनलका खेल सुरु हुनेछ । सेमिफाइनलमा बाणगंगा वेलफेयर सोसाइटी कपिलवस्तु, भैरव फुटवल क्लव नवलपरासि, झरना स्र्पोटस क्लव कुञ्जलापुर र सिद्धार्थ फुटवल क्लव बासगढि रहेका छन ।

सम्बन्धित् समाचार