१५ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीको तलववृद्धि गरेका हुन् ।
सरकारले विभिन्न पदमा फरक-फरक अनुपातमा आधारभूत तलब बढाएको छ ।
स्वदेशी कपडा उद्योगलाई विद्युत महशुलमा ५० प्रतिशत छुट
सरकारले स्वेदेशी कपडा उद्योगको प्रर्वदन गर्न विद्युत महशुलमा ५० प्रतिशत छुट दिने भएको छ । अल्लो, बाँस,कपास जस्ता कच्चा पदार्थको उत्पादनलाई प्रोत्साहित गर्ने नीति पनि सरकारले लिएको छ ।
यस्तै मूल्य अभिवृद्धि करमा दर्ता भएका कपडा उद्योगलाई बैंकबाट लिने ब्याजमा ५ प्रतिशत बिन्दुले अनुदान दिने पनि बजेटमा उल्लेख छ । प्रत्येक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नीति पनि लिएको छ ।
स्वास्थ्य स्वयम्सेविकाको सुविधामा वृद्धि
१५ जेठ, काठमाडौं । सरकारले ग्रामीण स्वास्थ्य स्वयम्सेविकाको सुविधामा वृद्धि गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७को बजेटमार्फत सरकारले उनीहरुको सुविधा थपेको हो ।
५२ हजार महिला स्वयं सेविकालाई यातायात खर्चवापत वाषिर्क यातायात खर्च ३ हजार दिइने घोषणा अर्थमन्त्रीले बताएका छन् ।