गृहपृष्ठ Featured बझाङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुग्यो

बझाङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुग्यो

प्रकाशित मिति:

बझाङमा भएको जीप दुर्घटनामा नौजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि थप चारजना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी जवान राजेन्द्रबहादुर श्रेष्ठले टेलिफोनमार्फत् जानकारी दिनुभयो ।

उक्त दुर्घटना २ ः १५ बजे सदरमुकामबाट पन्ध्र किलोमिटर टाढा भएको हो । जीप सडकबाट चारसय मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेकोे जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।

सम्बन्धित् समाचार