लुम्बिनी विश्व शान्ति मञ्च कपिलवस्ुतको आयोजना र बुद्ध भूमी नगरपालिका लुम्बिनी विकास कोषको सहयोगमा पर्यटन प्रवद्र्धका लागि स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन गाइड सम्बन्धी पाँच दिवसीय तालिम लुम्बिनीमा सुरुवात गरिएको छ । आज एक कार्यक्रमका बीच ओसो तथा ध्यान केन्द्र लुम्विनीमा तालिमको उद्घाटन गरिएको हो ।
यही असार २ गतेदेखि सुरु भएको तालिम ६ गतेसम्म संचालन हुने जनाइएको छ । सो तालिममा प्रशिक्षक पशुपति न्यौपाने, माधवप्रसाद आचार्य र भेषराज खनालले प्रशिक्षण दिनुहुने छ ।
तालिममा कपिलवस्तुलाई पर्यटन विकासमा विश्व सामू चर्चामा पुर्याउनका लागि महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिनुपर्ने लगायतका विषयमा प्रशिक्षण दिइने बताइएको छ । पाँच दिवसीय तालिम स्थानीय स्तरमा प्रर्यटन प्रवद्र्धन सम्बन्धी बिषेश विषयमा केन्द्रीत हुनेछ ।
उक्त तालिमको अध्यक्षता लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष राजु ज्ञवाली, बुद्धभूमी नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो यस्तै बुद्धभूमी नगरपालिका नगर उपप्रमुख मीरा थारु, लुम्बिनी विकास कोषका सदस्य कुँहार कडेलको विशिष्ठ आतिथ्यता रहेको थियो । यस्तै वडा १का अध्यक्ष तेज बहादुर बस्नेत तिलक, २ का वडा अध्यक्ष भेषराज खनाल, १० का त्रिलोकी खर्पील्ड, पशुपति न्यौपाने माधवप्रसाद आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
लुम्विनी विश्व शान्ति कपिलवस्तुका सदस्य राजु पाण्डेको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालनसूचना संयोजक रोमलाल खनालले गर्नुभएको थियो ।