गृहपृष्ठ Featured वाणगंगा नगरपालिका ९ पडरियामा मनोज महत्त मृत फेला

वाणगंगा नगरपालिका ९ पडरियामा मनोज महत्त मृत फेला

प्रकाशित मिति:

वाणगंगा नगरपालिका ९ पडरियामा अन्दाजी २२ वर्षका मनोज महत मृत भेटिएका छन् । घरपरिवार विहिन मनोज ३ दिन देखि हराइ रहेका थिए । चन्द्रका महतका जेठा छोरा मनोज महतको मृतको कारण भन्ने खुल्ल सकेको छैन् । आज बिहान स्थानिय वृद्ध महिलाले खेतको बाटो हिड्ने क्रममा गन्ध आएको र गन्ध आएको तर्फ जादा लास रहेको बताईन् ।

मृतकका मामाहरु भने कपिलवस्तुको चार नम्बरमा बालाजी ढावा सञ्चालन गरेका छन् । मृतक मनोज पनि केहि समय उक्त बालाजी ढावामा कार्यरत थिए । मनोजको हत्या भएको हो कि आत्महत्या भन्ने कुरा भने पोष्टमाटम बाट थाहा हुने जनाइएको छ । स्थानिय बासिन्दा र इलाका प्रहरी कार्यालय पिपराको टोलिले घटना सम्बन्धि मुजुल्का उठाएको छ ।

सम्बन्धित् समाचार