गुठी विधेयकको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा भएको फोहोर प्रदर्शनकारीले नै उठाएका छन् ।
बुधबार दिउँसो प्रदर्शन सकिएपछि प्रदर्शनमै उत्रिएका युवाहरुले माइतीघर मण्डला र वरपर फालिएका फोहोर उठाएर सफा गरेका हुन् । सरसफाइमा खटिएका युवा राजाराम तण्डुकारले प्रदर्शनका क्रममा भएको फोहोर उठाएर नेपाल मण्डललाई सफा गरिएको बताए ।