स्थानीय, पदेश र संघीय सरकारका जनप्रतिनिधिहरु सेवासुविधाभोगी बन्दै गएका छन्। जनता जनार्धन भन्ने नारा सहित चुनावमा होमीएका नेताहरु अहिले विजयी भएपछि आफ्नै सेवा सुविधा बढाउनमा केन्द्रित बनेका छन् । तर सेवा सुविधाभोगी जनप्रतिनिधिको भिडमा केहि मनकारी जनप्रतिनिधि पनि भेटिएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ का सञ्जु शारुले भने बर्षभरीको तलवभत्ता सामाजिक बिका निमार्णका काममा लगाएका छन । बिशेष गरेर वडा नः १ को उपटहवा क्षेत्रमा हुने बिका निमार्णका काममा उनले आफनो तलव भत्ता लगाउने गरेका हुन । मासिक रुपमा पाउने करिव ८ हजार तलव र भत्ता उनले बिकास निमार्णमा लगाउने गरेकाले उनी गाउमा रुचाइएका जनप्रतिनिधिमा गनिएका छन ।
वडा भित्रका गरिव बिद्यार्थीहरुलाई निशुल्क पढाउने योजना अव आफनो रहेको उनी बताउछन । वडा सदस्य शारुले जस्तै जनप्रतिनिधिले आफनो केही मात्रमा भएपनि तलव भत्ता सामाजिक काममा लगाए राम्रो हुने बरिष्ठ समाजसेवि दोलकराम घिमिरे बताएका छन । शारु काग्रेस कोटाबाट स्थानिय तहको चुनावमा सबैभन्दा बढि मत पाएर बिजयी भएका थिए ।
मनकारी वडा सदस्य सारु, बर्षभरिको तलवभत्ता बिकासमा


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैएनसेलद्वारा तीन सय विद्यार्थीलाई शैक्षिक सामग्री
२ घण्टा अघि
तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना
३ घण्टा अघि