गृहपृष्ठ Featured शिक्षिकाले कुटिन १४ विद्यार्थी, पाँच जनाको हातै भाँचियो

शिक्षिकाले कुटिन १४ विद्यार्थी, पाँच जनाको हातै भाँचियो

प्रकाशित मिति:

रोल्पा– रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाले निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको समाचार आजको राजधानी दैनिकले मुख्य समाचारका रुपमा छापेको छ । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ ।

विद्यालयमा ढिला गरी आएको भन्दै ती विद्यार्थीमाथि शिक्षिकाले कुटपिट गरेको समाचारमा जनाइएको छ । घाइते हुनेमा कक्षा १ मा पढ्नेदेखि कक्षा ८ मा पढ्नेसम्मका विद्यार्थी छन् । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र बिमला रोकाको हात भाचिएको हुनाले आइतबार दाङको तलसीपुरस्थिति सहारा पोलिक्लिनिकमा प्लास्टर गरिएको छ ।

शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै अन्धाधुन्ध लौराले कुटेको घाइते बालिका भीमकुमारीले जनाएकी छिन् । केही समयअघि उनै शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुरको कानको जाली फुटेर सुन्न छाडेको विद्यार्थीले बताएका छन् । वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबरमा औषधी उपचार गर्ने सहमतिमा मिलापत्र गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईले जानकारी दिए ।

सम्बन्धित् समाचार