नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठक मध्यान्ह १२ बजेसम्मकालागि सारिएको छ । आज बिहान ९ बजेका लागि बोलाईएको बैठक १२ बजेका लागि सारिएको हो ।
अस्ती मंगलबार र हिजो बुधबार बसेको बैठकले नेताहरुको कार्य्विभाजनको टुंगो लगाउन नसकेपछि बैठक आजका लागि बोलाईको थियो । नेताहरुको व्यस्तताले बैठक १२ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सम्योजक चेतन अधिकारीले जानकारी दिनुभयो । जिल्ला इन्चार्ज र सहइन्चार्जको मापदण्डलाई लिएर नेकपामा कुरा मिलेको छैन ।
आजको बैठकमा लगातार दुई दिन बसेको सचिवालयको बैठकमा भएका छलफलमाथि थप छलफल गरेर टुंग्याइने पार्टी प्रवक्ता नारायाणकाजि श्रेष्ठले जानकारी दिनुभयो । त्यसबाहेक संगठनात्मक एकिकरणका अरु बाँकी कामका विषयमा छलफल पनि गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।