गृहपृष्ठ Featured बुद्धभुमि नगरपालिकाले सर्पदंश केन्द्रलाई दियो एम्बुलेन्स

बुद्धभुमि नगरपालिकाले सर्पदंश केन्द्रलाई दियो एम्बुलेन्स

प्रकाशित मिति:

सर्पदंस उपचारको हिसावले प्रदेश न ५ कै महत्त्वपूर्ण स्थान कपिलवस्तको उपचार केन्द्र थप व्यबस्थित हुदै गएको छ । बुद्धभुमी नगरपालिकाको आर्थिक सहयोगमा केन्द्रलाई  एम्बुलेन्स वितरण गर्दै केन्द्रलाई थप व्यबस्थित बनाउने प्रयासमा रहेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकरी दिनु भयो । एम्बुलेन्स आएपछि सेवाग्राहीले पनि खुशी व्यक्त गरेका छ । बस कुर्दा अबेर हुन्थ्यो अब एम्बुलेन्स आयो सहज हुने भयो सेवाग्राहीले भनेकाछन् ।गर्मियाम बढेसङै सर्प दंश केन्द्रमा सेवा लिन आउनेको सख्या बढदै गएको छ । बैशाख महिनामा मात्रै ४ जना बढी सर्प द्शका बिरामिले सेवा लिएको केन्द्रका सचिव नवीन भण्डारीले जानकारी दिनुभयो । यस उपचार केन्द्रमा प्रदेशका जिल्लाबाट मात्र नभइ छिमेकी देश भारतका विभिन्न स्थानबाट समेत उपचारका लागि सेवाग्राही आउने गरेको सचिव भण्डारिले बताउनु भयो । केन्द्रले गर्मियाम सुरु भएसंगै सर्पदंशका बिरामी बढ्ने भएकोले बिरामी कम गर्न गाउगाउमा सचेतनामुलक कार्यक्रम गर्दै आएको बताउनु भएको छ । विगतका वर्षहरुमा बिरामीको चाप बढे संगै अक्सिजनको अभावका कारण बिरामीले समस्या भोग्नु परेको थियो त्यसैले अहिले नगरपालिकाबाट बजेट बिनियोजन गरि,इलेक्ट्रिक अक्सिजन लगाएतका उपकरण पनि थप गरिने मेयर श्रेष्ठले प्रतिवद्धता जनाउनु भयो ।

सम्बन्धित् समाचार