उमेश बि.क / नवलपरासी २१ असाेज /
नवलपरासीको सरावल गाउँपालिका–३ स्थित महुअवामा साेमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
साेमबार राति करिब ८ बजे दुर्गा मुर्ति स्थान नजिकै सांस्कृतिक कार्यक्रम हेर्ने क्रममा मुर्ति भएको ठाउमा बत्ती बाल्न ल्याइएको तारमा छाेएर सरावल ३ महुअवाका करिब ४० बर्षिय बुदइ खवास करेन्ट लागेर घाइते भएका थिए ।
करेन्ट लागेर गम्भीर घाइते भएका बुदइ खवासलाई पृथ्वी चन्द्र अस्पताल परासिमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।








