गृहपृष्ठ Featured कपिलवस्तुका चन्द्र बहादुर चन्द (बिरजगं) सहित २१ जना प्रहरीद्धारा प्रकाउ

कपिलवस्तुका चन्द्र बहादुर चन्द (बिरजगं) सहित २१ जना प्रहरीद्धारा प्रकाउ

प्रकाशित मिति:

नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न भनी गएको प्रहरीले दाङमा उनका दाजु चन्द्रबहादुर चन्दसहित २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको थाहा भएको छ। ‘सरकारद्धारा प्रतिबन्धित पार्टीका महासचिव विप्लव दाङमै छन् भन्ने सूचना आएपछि प्रहरी गएको थियो,’ एक प्रहरी अधिकृतले भने, ‘तर, विप्लव फेला परेनन्। त्यहाँ उनका दाजु र अन्य नेताहरू रहेछन्।’

प्रदेश प्रहरी ब्युरो तुलसीपुर, जिल्ला ब्युरो घोराही, गढवा प्रहरीको टोलीले घेरा हालेर  उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरी साढे ५ घन्टाजति  पैदल हिडेर मात्रै उक्त स्थानमा पुगेको ती प्रहरी अधिकारीले बताए।

तर, बैठकस्थलमा भने विप्लव फेला परेका थिएनन्। ‘विप्लव त्यहाँ रहेको भन्ने जानकारी भएन, दाङमै रहेको भन्नेसम्म हुनसक्छ,’ पाँच नम्बर प्रदेश प्रहरी प्रमुख सुरेशविक्रम शाहले भने।

नेपाल–भारतको सीमा नाका राजपुर गाउँपालिका वडा नं. ४ स्थित ज्ञानेन्द्र वलीको रित्तो घरमा मिटिङ गरिरहेका विप्लवका नेता कार्यकर्तालाई गोप्य सूचनाको आधारमा बिहीबार बिहान १ बजेतिर छापा हानेर पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता विनोदविक्रम शाहले जानकारी दिए। यो क्षेत्रलाई विप्लवसहितका नेता-कार्यकर्ता बाक्लो आउजाउ गर्ने क्षेत्र मानिन्छ।

प्रहरीले पक्राउ परेका सबैलाई दिउँसो पत्रकार सम्मेलन गरी  सार्वजनिक गर्ने बताए पनि पत्रकारलाई भने प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएको थियो। डिउटीका प्रहरीले ‘आदेश छैन’ भन्दै पत्रकारलाई गेटभित्र प्रवेश गर्न दिएनन्।

प्रदेश नं. ५ को प्रदेश प्रहरी कार्यालय दाङबाट प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेशविक्रम शाह जिल्ला प्रहरी कार्यालय घोराही पुगेका थिए।

डिआइजी शाहले पक्राउ परेकाहरूले नाम र ठेगाना सही नभनेर गलत नाम र ठेगाना भन्दै ढाँटेको हुँदा सही जानकारी प्रहरीले समेत संकलन गर्न नसकेको जानकारी दिए। ‘पक्राउ परेकाहरूले सही नाम र ठेगाना भन्दै भन्दैनन्। उनीहरूको परिचय स्पष्ट नखुलेसम्म मैले जानकारी दिन सकिनँ,’ उनले भने।

केन्द्रीय प्रहरी प्रवक्ताले भने दाङमा पक्राउ परेका सबैको परिचय सञ्चारमाध्यममा सम्प्रेषण गराइसकेका छन्।

सम्बन्धित् समाचार