लियो क्लव अफ कपिलवस्तुले आज एक कार्यक्रमकाबिच बाणगंगाका एक बृद्धलाई सम्मान गरेको छ । बाणगंगाको वडा नः ५ मा बस्ने बर्ष ७० का मेहेनती गोले थारुलाई उनकै घरमा लियोले सम्मान गरेको हो । गोले थारुले बिगत २० बर्षबाट साइकलमा तरकारी बोकी बाणंगगा नगरपालिकाका विभिन्न स्थान लगी बेचेर आफनो घर परिवार चलाउदै आएका छन । गोले थारु दैनिक रुपमा बिहान ९ बजे उठेर घाउघरमा तरकारी खरिद गरी साझ ५÷६ बजेसम्म बिक्रिका लागी डुल्ने गरेका छन ।
उनको शारीरिक अवस्थाका कारण साइकलमा तरकारी लोड गरेको अवस्थामा साइकल चलाउन नसक्ने हुनाले उनी दिनर हिडरै तरकारी बेच्ने गरेका छन । गोले थारुको नियमित मेहेनत समाजका लागी उदारणीय रहेको लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष कुमार खडकाले सो अवसरमा बताए । सो अवसरमा गोले थारुको मेहेनतका बिषयमा बरिष्ठ समाजसेवि ज्ञानु कार्की, देवनाथ थारु, लियो क्लवका अध्यक्ष हरी ढुङगाना, सचिव सागर बञ्जाडे लगायतले आआफनो धारणा राखेका थिए ।
काे हुन गाेले थारू ? (भिडियाेमा)