गृहपृष्ठ खबर पहिलो पाइलाको भाग्य बोक्ने झोला अब गुल्मिमा

पहिलो पाइलाको भाग्य बोक्ने झोला अब गुल्मिमा

कपिलवस्तु, ११ मंसिर /

पहिलो पाइला नेपाल बुटवल शाखाले भाग्य बोक्ने झोला अभियान अन्तर्गत गुल्मिमा झोला बितरण गर्दैछ । पहिलो पाइला बुटवल शाखाले इस्मा गा पा
वडा नं ३ मा रहेको श्री कालिका प्राथमिक विद्यालयमा रहेका विपन्न बालबालिका हरुको लागि शैक्षिक सामाग्री सहित झोला वितरण गर्ने भएको हो ।

संस्थाले स्थापना समय देखिनै भाग्य बोक्ने झोला अभियानलाई तिब्रता दिइरहेको छ । संस्थाका अध्यक्ष आयुष पौडेलले गरिबिको कारणले कुनैपनी बालबालिका शिक्षाबाट बञ्चित हुनुनपरोस भन्ने उद्धेश्यले यो कार्यक्रमलाई निरन्तरता दिएको प्रेसपाटिलाई जानकारी दिनुभयो ।

 

कार्यक्रम मसिर २८ गते हुने आयोजकले जनाएको छ । कार्यक्रममा सयोजक ममता बोहोरा ,सह सयोजक रमेश पछाई,गोमा भट्राई ,बावुराम खनाल र शान्ति अर्याल रहनुभएको छ ।

सम्बन्धित् समाचार