गृहपृष्ठ खबर विजयनगर गाउँपालिकामा तिन दिने निःशुल्क आँखा शिविर शुरु

विजयनगर गाउँपालिकामा तिन दिने निःशुल्क आँखा शिविर शुरु

कपिलवस्तु जिल्लाकाे विजयनगर गाउँपालिकामा आइतबारदेखी तिन दिने निःशुल्क अप्रेशन सहितको आँखा जाँच शिविर शुरु भएको छ । विजयनगर गाउँपालिकाको आयोजना र छन्द कालेबाबु नाराएणी आँखा अस्पतालको प्राविधिक सहयोगमा हरिबोध आधारभुत विद्मालयमा शिविर चलिरहेको छ ।

उक्त शिविरमा परामर्श, निशुल्क औषधी वितरण, मोतीविन्दुको निःशुल्क अपरेशन र मोतीविन्दु सम्बन्धी सुगर जाँच, रगत जाँच लगायतका जाँचहरु गरिने डाक्टर ज्योती सापकोटाले बताउनुभएको छ ।विजयनगर गाउँपालिकाको आयोजनामा सञ्चालित निशुल्क आँखा शिविर गाउँपालिका अध्यक्ष्य गोपाल बहादुर थापाद्धारा बिरामीलाई बिरामी पुर्जा हस्तान्तरण गर्दै उद्घघाटन गरिएको थियो ।

शिविर उद्घघाटनमा बोल्दै अध्यक्ष्य थापाले हरेक वर्ष यसरीनै स्वास्थ्य शिविर राखिने प्रतिबद्धता जनाउनु भएको छ । सो शिविरमा हिजो र आज गरि ५७५ जना सेवाग्राहीहरुले सेवा लिएका थिए । जस मध्ये १५० जना मोतियाविन्दु भएका बिरामी भेटिएका छन् । ८० जना बिरामीको आज नै छन्द कालेबाबु नाराएणी आँखा अस्पतालले शिविर स्थानमै आँखा अपरेशन गरेको र बाकीलाई भोली अप्रेशन गर्ने भएको छ । हिजो देखी शुरु भएको शिविरमा आँखा बिरामीको भोली पनि चेकजाच गरिने भएकाले सम्बन्धीत बिरामीले मौकाको फाईदा उठाउन विजयनगर गाउँपालिकाले आग्रह समेत गरेको छ ।शिविरमा नेत्र सर्जन ज्योती सापकोटा र पाँच जना सहायक नेत्र सर्जन सहित १५ जनाको टोलीले उपचार गरिरहेकोे छ ।

सम्बन्धित् समाचार