गृहपृष्ठ खबर सलिनाले चुमिन् लिटल स्टार डान्स आइडल २०७६ को उपाधि

सलिनाले चुमिन् लिटल स्टार डान्स आइडल २०७६ को उपाधि

प्रकाशित मिति:

कपिलवस्तु , मङ्सिर २० , रमेश पौडेल ।
लिटल स्टार डान्स आइडल २०७६ को उपाधि सलिना शर्मा ले चुम्न सफल भएकी छन् । कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीमा अवस्थित प्रतिष्ठित निजी स्कुल हथौसा लिटल स्टार सेकेन्डरी बोर्डिङ स्कुलको अायोजनामा हरेक वर्ष सञ्चालन हुने आन्तरिक नृत्य प्रतियोगिता लिटल स्टार डान्स आइडलको फाइनल चरण आज सम्पन्न भएको छ ।

अडिसन राउन्डमा सहभागी भएका १०० विद्यार्थी मध्ये २५ जना विद्यार्थी मध्ये छनौट भएका २५ जना विद्यार्थीले सेमिफाइनल चरणमा गत शुक्रबार प्रतिस्पर्धा गरेका थिए ।
उक्त प्रतिस्पर्धाबाट छनौट भएका १० विद्यार्थीले अाज भएको फाइनल राउन्डमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

फाइनल चरणबाट फस्ट रनर अप सन्तोष रेग्मी , सेकेन्ड रनर अप अर्पणा पौडेल ,थर्ड रनर अप आशिका परियार हुन सफल भएका छन् ।

फाइनल चरणको कार्यक्रममा अध्यक्षता नभराज नेपाली , सञ्चालन शिक्षक युवराज शर्माले गर्नुभएको थियो । निर्णायक मण्डलमा शिक्षक रमेश पौडेल र बबिता पौडेल रहनुभएको थियो ।

कार्यक्रममा स्कुलका सेयर सदस्य डिल्लीराज भट्टराई , प्रिन्सिपल सुन्दर पाण्डे , भाइस प्रिन्सिपल सम्भु प्रसाद चौधरी , परीक्षा संयोजक रवीन्द्र पौडेल अतिरिक्त क्रियाकलाप संयोजक रेशौँराज खनाल अतिथिको रुपमा रहनुभएको थियोे । विद्यालयमा हरेक वर्ष यस्ता कार्यक्रम हुने गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रेशौँराज खनालले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार