गृहपृष्ठ खबर तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औ सधारण सभा सम्पन्न

तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औ सधारण सभा सम्पन्न

प्रकाशित मिति:

उमेश बि.क / नवलपरासी , २१ मंसिर /

नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ तिलकपुरमा अवस्थित तिलकपुर महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औ सधारण सभा तथा पाँचौ अधिबेसन सम्पन्न भएको छ।

सहकारीकी अध्यक्ष मिना चौधरीकाे अध्यक्षता तथा पुर्वगृहराज्य मन्त्री एवम् प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलकाे प्रमुख अातिथ्यता र सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे बिशिस्ट अातिथ्यतामा सधारण सभा सम्पन्न भएको हाे।

सहकारीकाे पाँचौ अदिबेसनमा पुनह मिना चाैधरी अध्यक्षकाे रुपमा चयन हुनुभएको छ।


सधारण सभालाई सम्बाेधन गर्दै पुर्वगृहराज्य मन्त्री एवम् प्रतिनिधिसभा सदस्य कंडेलले ’एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो ।सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन सफल भएको बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुकाे साथै पैसाको बचत गर्ने बानीको विकास गरेको उहाँले बताउनुभयो । साथै अगामि दिनमा सहकारीलाई अाफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै सरावल गाउँपालिका उपाध्यक्ष रायले समूहमा बस्ने, सामूहिक रुपमा काम गर्ने र सुख दुःखमा एक अर्कालाई सहयोग गर्ने परिपाटीबाट सहकारीताको भावना प्रकट भएर अाज महिलाकाे ठुलाे साथि सहकारी भएको छ। अाफुले चाहेको बखत पैसा जम्मा गर्न पाइने र अावश्यकता अनुसार निकाल्न पाउने भएकोले सहकारी हरेक महिलाकाे लागि अावश्यक छ। यसले महिला नेतृत्वमा ठुलाे सहयाेग गरेको भन्दै महिलाको लागि हमेशा सकारात्मक रहेको र अावश्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियाे।

सहकारी संस्थाकाे १२ अाैँ सधारण सभामा वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरी ,नेपाल रेडक्रस साेसाइटि प्रदेश प्रतिनिधि हैदर अलि माेमिन,सहकारी बैंक बर्दघाटकि सबिना पाेख्रेल,समाजसेवी राधेश्याम चाधरी, हेमनरायन थारु , स्वास्थ्यचाैकी ईन्चार्ज खेम नरायण खनाल लगायतले महिलाहरु चुलो चौकोमा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर हुनुपर्नेमा जोड दिदै सहकारीले महिलाको नेतृत्व विकास गरी आनीबानी परिवर्तन समेत ल्याएको जोड दिएका थिए ।

उक्त सहकारीको बार्षिक प्रतिबेदन सहकारीकी अध्यक्ष मिना चौधरीले प्रस्तुत गर्नुभएको थियो । २०६४ सालमा स्थापना भएको सहकारीले ३ कराेड ६० लाख १६ हजार बराबरको आर्थिक कारोबार गरेको सहकारीकी व्यवस्थापक अनुराधा कुमारी फाैजदारले जानकारी दिनुभएको छ । सहकारीमा सरावल गाउँपालिका वडा नं. १ र २ का ८ सय ३१ जना महिलाहरु आबद्ध रहेका छन । र छाेरी बचतमा १६२ जना आबद्ध रहेका छन ।

सम्बन्धित् समाचार