गृहपृष्ठ प्रदेश नं ५ आश्रय गृहका हिंंसा प्रभावितलाई राहत वितरण, गृह संचालनमा आर्थिक संकट ।।

आश्रय गृहका हिंंसा प्रभावितलाई राहत वितरण, गृह संचालनमा आर्थिक संकट ।।

प्रकाशित मिति:

मंसिर २२ , कपिलवस्तु ।
हिसां प्रभावित महिला तथा बालबालिकाहरुलाई नगरस्तरीय राहत वितरण गरिएको छ । “समान्ताको पुस्ता ,बलात्कार विरुद्धको एक्यबद्धता”नाराका साथ संचालन भइरहेको ११० औँ अन्तराष्ट्रिय लैङ्गगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज कपिलवस्तु नगरपालिकाको तौलिहवामा रहेको साथी आश्रय गृहका हिसां पिडित महिला तथा बालबालिकाहरुलाई न्यानो कपडा , जुत्ता लागयत सामग्रीहरु वितरण गरिएको हो ।

कपिलवस्तु नगरपालिका सहयोग र साथी कपिलवस्तुको अयोजनामा राहत वितरण गरिएको हो । साथी आश्राय गृहले घरेलु हिंसा प्रभवित, हाडनाता करणी, सडक महिला लगाएतको प्रभावित महिला तथा बालबालिकाहरुलाई सेवा दिदै आइरहेको छ । कपिलवस्तु जिल्लामा एउटा मात्र आश्राय गृह संचलनमा रहेको छ । हाल आश्रयमा महिला ३, बालबालिका ३, किशोरी २, किशोरी आमा १ गरि जम्मा ९ जना रहेका छन । गृहले हिसां पिडिता महिला तथा बालबालिकाहरुलाई सेवा र पुर्नस्थापन को काम गर्दै आएको भए पनि अहिले गृहलाई संचालन गर्न को लागि आर्थिक अभाव समेत भइरहेको छ ।

बार्षिक करिब २१ लाख जाति खर्च आउदै गरेपनि वर्षमा ८ लाख मात्रै सहयोग आउने गरेको हुदा अहिले गृह बन्द गर्नु पर्ने अवस्था आइसकेको गृह संयोजक विमल घिमेरेले जानकारी दिनुभयो । खर्च धेरै हुने हुदाँ गृह संचालन गर्न एकदमै समस्या परेकोले सहयोग गर्न संयोजक घिमेरेले सबैलाई अाग्रह गर्नुभएको छ ।
आश्राय गृह संचालन गर्नको लागि कस्तो समस्या हुदैछ ? कपिलवस्तु जिल्ला भित्रका १० ओटै स्थानीय तहमा स्पष्ट रुपमा राख्द त्यो समस्य सामाधन हुने नगर प्रमुख किरण सिंहले बताउनुभयो । कपिलवस्तु नगरपालिकाको कार्यालय देखि सक्दो सहयोग गर्दै
आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रमुख सिंहले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहको प्रमुख अतिथता र उपप्रमुख लक्ष्मी गुप्ताको विशिष्ट अतिथ्ता, समाजिक विकास समितिका संयोजक रुद्र बहदुर गैरे , प्रशासकिय अधिकृत पदमराज श्रेष्ठ , वडा नम्बर १ का वडा अध्यक्ष सुदिप पौडेल, २ का वडा अध्यक्ष रामभजन कलवार, वडा नं ५ वडा अध्यक्ष दिरेप कुमार चौधरी, पत्रकार , समाजसेवी,अधिकारकर्मी महिला सेल, हिसां प्रभविता महिला लागएत ३५ जनाको सहभागिता रहेको थियो । सञ्चारिका समुह कपिलवस्तुका सचिव शारदा केसी को स्वागत तथा राजु पाण्डेको संचालनमा कार्यक्रम सपन्न भएको थियो ।

सम्बन्धित् समाचार