गृहपृष्ठ खबर पौडी खेलाडी गौरिका सिंहले जितिन् तेस्रो स्वर्ण

पौडी खेलाडी गौरिका सिंहले जितिन् तेस्रो स्वर्ण

प्रकाशित मिति:

काठमाडौं । पौडी खेलाडी गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण पदक जित्न सफल भएकी हुन्।


ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्। गौरिकाको यो जितसँगै सागमा नेपालको ४४ वटा स्वर्ण पदक पुगेको छ ।

यसअघि गौरिकाले २ स्वर्ण तथा १–१ रजत र कास्य जितिसकेकी छन्।

सम्बन्धित् समाचार