कपिलबस्तु / मसिंर २२ /
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ८ को मायादेवी रंगशालामा १६ गते बाट सुरु भएको दोस्रो वडा स्तरिय क्रिकेट प्रतियोगिता वडा अध्यक्ष कप आज समापन भएको छ ।
वडा स्तरिय युवा सन्जालको आयोजनामा शुरु भएको खेलकुदमा जिल्ला खेलकुद समितिका अध्यक्ष छवि रेश्मी मगरले प्रमुख अतिथीको रुपमा बोल्दै पछिल्लो समय युवाहरु धेरै खेलप्रती रुची राखेको बताउनुभयो छ ।
वडा नम्वर ८ का वडा अध्यक्ष गुणनिधि भुषालले वडा भित्रका सहभागि खेलाडीहरुलाई पशंम्सा गदै खेलकुलको क्षेत्रमा सहयोग गर्न कुनै कसर नछोड्ने बताउनु भयो । खेल मौदानलाई आगामी दिनमा अझै राम्रो बनाउने बताउनुभयो छ । खेलमा वडा भित्रका ९ वटा समुहको सहभागिता भएको थियो । खेलमा मोर्मि टोल विकास संस्था विजयी भएको छ । आज भएको फाइनल खेलमा मोर्मि टोल विकास संस्था र चप्परगाउ टोल विकास संस्था विच भएको खेलमा मोर्मीले १ विकेट ल्याउदै मोर्मी विजयी भएको हो । चप्परगाउ टोल विकास संस्थाले द्धितीयमा चित्त बुझाउन बाध्य भयो । तृतीय भने वोडगाउ टोल विकास संस्था बोडगाँउ भएको छ ।
वडा स्तरिय युवा सन्जालका अध्यक्ष दयाराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चान भगवती न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य गिता भुषाल, पूर्णकला सुनार, वडा सदस्य नाथु थारु, वाणगंगा बहुमुखि क्याम्पका स्ववियु सभापति माधव पौडेल, समाज सेवि, बुद्धिजिवी खेलाडीलगायतको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा प्रथम हुनेलाई १५ हजार मेडल ,प्रमाण प्रत्र सिल दोसो हुनेलाई ८ हजार मेडल ,प्रमाण प्रत्र सिल र तेस्रो हुनेलाई ४ हजार मेडल ,प्रमाण प्रत्र सिल प्राप्त गरेका थिए । खेलमा म्याच अफ द म्याच मोर्मिका विष्णु थारुले प्राप्त गरेका छन भने म्याच अफ द सिरीस चपरगाउँका छवि पौडेलले प्राप्त गर्नु भएको छ ।