मङ्सिर २३ , कपिलवस्तु
कपिलवस्तुमा कार दुर्घटना भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाउँ नजिकै कार दुर्घटनाग्रस्त भएको हो ।
पश्चिमबाट बुटवल तर्फ जादै गरेको बा ६ च ६३९० नम्वरको कार दुर्घटना हुँदा ४ जना घाइते भएका छन् भने एक जनाको ज्यान गएको छ दुर्घटनामा परि ग्लोबल आइ एम इ बैंक बनगाइ शाखाका प्रबन्धक सुरेश पाण्डेको निधन भएको हो ।
घाइतेहरुलाई कपिलवस्तुको सामुदायिक अस्पतालमा पुर्याइएकोमा थप उपचारका लागि बुटवल रिफर गरिएको छ । । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।